शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘प्रधानमन्त्रीले ‘अरिंगाल’ आक्रमण गर्नु भन्‍नु राज्य आतंक मचाउन खोज्नु हो’

‘प्रधानमन्त्रीले ‘अरिंगाल’ आक्रमण गर्नु भन्‍नु राज्य आतंक मचाउन खोज्नु हो’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अरिंगालले जस्तै प्रतिवाद गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई दिएको निर्देशनको विरोध गरेका छन्।

प्रधानमन्त्री जस्तो पदमा बसेर विरोधीहरु उपर अरिंगाल झैं आक्रमण गर्न कार्यकर्तालाई निर्देशन दिएर राज्य आतंक मचाउन खोजिएको निधिले बताएका छन्।

‘अरिंगाल भनेको जंगलमा हुने एक विषालु किरा हो,’ नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ को प्रथम अधिवेशनको उदघाट्न कार्यक्रममा बोल्दै निधिले भने,‘प्रधानमन्त्री जस्तो व्यक्तिले यस्तो भाषाको प्रयोग गर्नु अमानवीय अपराध हो।’

प्रधानमन्त्री ओलीले शनिबार काठमाण्डौंको एक कार्यक्रममा सडकदेखि सदनसम्म जताततै सरकारविरुद्ध आक्रमण भइरहेको भन्दै ‘अरिंगाल’ झैं एकजुट भएर प्रदिवादमा उत्रन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।

निधिले भने,‘प्रधानमन्त्रीले लोकतान्त्रिक पद्धति अनुसार वैचारिक र राजनीतिक प्रतिवादको कुरा गर्न सक्नु पर्दछ। तर उहाँले आतंक मचाउन खोज्नु भएको छ।’
प्रधानमन्त्रीले दिएको यस्तो अभिव्यक्तिप्रति निधिले राष्ट्रिय तथा अन्तराष्ट्रिय मानव अधिकार जगतलाई चासो लिन ध्यानाकर्षण गराए। ‘अरिंगाल’ आक्रमण भन्नु सानो विषय नरहेको भन्दै निधिले राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा चासो नलिए उसको औचित्य नै समाप्त हुने बताए।

उपसभापति निधिले वर्तमान सरकारले राजनीतिक आस्थाको आधारमा कर्मचारीहरुलाई प्रताडीत र धम्क्याउने काम गर्दै आइरहेकोमा आपत्ति जनाएका छन् । सरकारको यस्तो रवैयालाई प्रतिकार गर्न कर्मचारीहरु एकजुट हुनुपर्नेमा उनको जोड थियो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव लगायतका नेताहरुले वर्तमान सरकार भुठो नारा दिएर जनतालाई ठग्ने काम मात्र गरेको आरोप लगाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।