मंगलबार, फागुन १९, २०८२

भारतका ऋतुराजले बनाए एकै ओभरमा ७ छक्काको कीर्तिमान

ऋतुराजले पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा समान छक्का प्रहार गरेका थिए। पाँचौ पटक शिवले फालेको बल नो बल भएको थियो। त्यसमा पनि रितुराजले छक्का नै प्रहार गरेका थिए। अन्तिम दुई बलमा पनि छक्का प्रहार गडरेपछि उनले नयाँ कीर्तिमान बनाएका हुन्।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– भारतीय क्रिकेटर ऋतुराज गायक्वडले एकै ओभरमा सात छक्का हान्दै ४३ रन बनाएर नयाँ कीर्तिमान कायम गरेका छन्। महाराष्ट्र टिमका कप्तानसमेत रहेका उनले उत्तर प्रदेशविरुद्ध ब्याटिङ गर्ने क्रममा सो कीर्तिमान बनाएका हुन्।

अहमदाबादमा भएको विजय हजारे ट्रफीको क्वार्टरफाइनल खेलमा ऋतुराजले सात छक्का हानेका हुन्। भारतको विजय हजार ट्रफीलाई आईसीसीले लिस्ट 'ए'को मान्यता प्रदान गरेको छ। त्यसैले यो कीर्तिमान अब लिस्ट 'ए'अन्तर्गत रहने छ।  

ऋतुराजले पहिलो, दोस्रो, तेस्रो र चौथो बलमा समान छक्का प्रहार गरेका थिए। पाँचौ पटक शिवले फालेको बल नो बल भएको थियो। त्यसमा पनि ऋतुराजले छक्का नै प्रहार गरेका थिए। अन्तिम दुई बलमा पनि छक्का प्रहार गडरेपछि उनले नयाँ कीर्तिमान बनाएका हुन्।

यससँगै एकै ओभरमा ४३ रन जोडियो। एक ओभरमा ६ बल हुने भए पनि नो बल भएपछि बलरले अतिरिक्त बल पाउनुका साथै थप एक रन पनि प्राप्त हुन्छ। त्यसैले रितुराजले ४३ रन बनाउन सकेका हुन्।

आज(सोमबार) उत्तर प्रदेशका शिव सिंह बलिङमा आएको समयमा महाराष्ट्रले ५ विकेट गुमाएर २७२ रन बनाएको थियो। त्यो ओभर सकिएपछि ५ विकेटको क्षतिमा महाराष्ट्रको खातामा ३१५ रन पुगेको थियो। यो टिमले ५ विकेट गुमाएर ३३० रन बनाउँदै इनिङ सकेको थियो। 

kumari

प्रकाशित: Nov 28, 2022| 16:01 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।