आइतबार, वैशाख १६, २०८१

उरुग्वेविरुद्ध बदला लिने योजनामा पोर्चुगल

पहिलो खेलमा घानालाई ३–२ गोल अन्तरले पराजित गर्दै पोर्चुगलले कतार विश्वकपमा विजयी सुरुआत गरेको थियो। दक्षिण कोरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य उरुग्वे पोर्चुगलसँग पराजित भए अन्तिम १६ मा पुग्ने सम्भावना न्यून।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा सोमबार समूह ‘एच’अन्तर्गत दुई बलिया टोली पोर्चुगल र उरुग्वे आमनेसामने हुँदै छन्। यी दुई टोलीबीचको खेल नेपाली समयानुसार मध्यराती १२ः४५ बजे लुसेल रंगशाला हुँदै छ।

triton college

समूह ‘एच’को लिग लिडर पोर्चुगल आज लगातार दोस्रो जितको खोजीमा छ। आजको खेल जिते पोर्चुगलले अन्तिम १६ मा स्थान सुरक्षित गर्नेछ। पहिलो खेलमा घानालाई ३–२ गोल अन्तरले पराजित गर्दै पोर्चुगलले विश्वकपमा विजयी सुरुआत गरेको थियो। एक गोल गरेका कप्तान क्रिस्टियानो रोनाल्डो पाँचौं विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बने। 

उरुग्वे दक्षिण कोरियासँग गोल रहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो। आफ्ना मुख्य खेलाडी लुइस सुवारेज, एडिसन काभानी, ड्रविन नुनेज, भाल्भेर्डेजस्ता मुख्य खेलाडीको साथ भएर पनि उरुग्वे गोल गर्न चुक्दा गोलरहित बराबरी खेल्यो।

यी दुई टोलीको खेल हुँदै गर्दा पोर्चुगललाई अघिल्लो संस्करणको अन्तिम १६ मा बेहोरेको नमिठो हारको बदला लिने मौका छ। सन् २०१८ को रसिया विश्वकपको अन्तिम १६ को खेलमा उरुग्वेले पोर्चुगललाई एडिसन काभानीको दुई गोलमा २–० गोल अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा उच्च लयमा रहेको रोनाल्डोको टिम पोर्चुगल उरुग्वेसँग पराजित भएपछि अगाडि जान सकेन। यस पटक यी दुवै टोली एउटै समूहमा रहेका छन्।

क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स, राफाएल लिएओ, बर्नार्डो शिल्भा, बु्रनो फर्नान्डेजजस्ता उत्कृष्ट खेलाडीको साथमा पोर्चुगल बलियो टोलीको रूपमा देखिएको छ। 

corrent noodles
Metro Mart

पोर्चुगलका कप्तान रोनाल्डो जुनै टिमविरुद्ध जितका लागि तयार रहेको र उरुग्वेविरुद्ध जित निकाल्नेमा आशावादी रहेको बताउँछन्। कतारी मिडियासँग कुरा गर्दै उनी भन्छन्, ‘म सधैं जितको खोजीमा हुन्छु। हामी सबै खेल जितेर अगाडि जान चाहन्छौं। हामीले पहिलो खेलमा घानाविरुद्ध जित निकालेर राम्रो सुरुआत गरेका छौं। त्यसलाई निरन्तरता दिन चाहन्छौं। त्यो जित हाम्रा लागि सुरुआत मात्रै थियो। हामीसँग अझ धेरै मौका छन्। त्यसलाई खेर जान दिने छैनौं। उरुग्वे राम्रो टिम हो, राम्रो लयमा छ। खेलाडी पनि अब्बल छन्। उरुग्वेविरुद्ध खेल्न हामीलाई सहज हुने छैन तर खेल जित्नेछौं।’

उता, उरुग्वे राम्रो लयमा खेल्न सकिरहेको छैन। आजको खेलमा पोर्चुगलसँग पराजित भए उसको अन्तिम १६ मा पुग्ने सम्भावना न्यून हुन्छ। त्यसैले पनि उरुग्वेलाई आजको खेल जित्नैपर्न दबाब छ। उरुग्वेका मुख्य खेलाडी स्वारेज आजको खेल जित्न चाहन्छन्। उनले उरुग्वेले पहिलो खेलमा सोचेअनुसार प्रदर्शन गर्न नसकेको र पोर्चुगलविरुद्धको खेलमा राम्रो खेलेर जित्ने बताउँछन्। कतारी मिडियासँग कुरा गर्दै उनी भन्छन्, ‘हामीले विश्वकपमा राम्रो सुरुआत गर्न सकेनौं। तर हामीसँग त्यसलाई सुधार्ने मौका अझै छ। सुधार गर्नेछौं। टिममा केही परिवर्तन हुनेछन्। हाम्रो तर्फबाट जतिसक्दो राम्रो खेल्नेछौं। टिममा सबै खेलाडी फिट छन्। हाम्रो टिममा अनुभवी खेलाडी पनि छन्। हामीले जसरी अघिल्लो विश्वकपमा पोर्चुगललाई जितेका थियौं, यस पटक त्यसलाई दोहोर्याउन चाहन्छौं। आजको खेल जितेर हामी उरुग्वेनलाई खुसी दिनेछौं।’

हेड टु हेड
पोर्चुगल र उरुग्वेबीचको यो चौथो भेट हो। यसअघि भएका तीन खेलमध्ये दुवै टोलीले समान एक-एक खेल जितेका छन् भने एक खेल बराबरी खेलेका छन्। अन्तिम पटकको खेल यी दुईबीच सन् २०१८ विश्वकपमा भएको थियो। उक्त खेल उरुग्वेले पोर्चुगलविरुद्ध २–० गोल अन्तरले जितेको थियो।

पोर्चुगलका सुरुआती ११ खेलाडी
डिएगो कोस्टा, जाओ कान्सेलो, डानिलो, पेपे, रुबेन डियास, बर्नार्डो शिल्भा, ब्रुनो फर्नान्डेज, माथ्युज नुनेज, क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स, राफाएल लिएओ

उरुग्वेको सम्भावित ११ खेलाडी
फर्नान्डो मुस्लेरा, जोस जिमिनेज, सेबास्टिन कोएट्स, डिएगो गोडिन, रोनाल्ड अराउजो, मानुएल उगार्थे, रोड्रिगो बेन्टानकुर, फेडरिक भालभेर्डे, म्याक्सी गोमेज, लुइस सुआरेज, डार्विन नुनेज


प्रकाशित: Nov 28, 2022| 17:30 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।