बुधबार, फागुन २०, २०८२

ब्राजिलका खेलाडीलाई 'फ्लु' लागे पनि खेलाउने तयारी

फिफा विश्वकप २०२२ मा आज ब्राजिलले स्विट्जरल्यान्डको सामना गर्दैछ।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– फिफा विश्वकप २०२२ मा आज ब्राजिलले स्विट्जरल्यान्डको सामना गर्दैछ। सो खेलअघिका अभ्यासमा ब्राजिलका खेलाडी आउने क्रममा ग्याप भएको छ। ब्राजिली टिमका केही खेलाडीलाई फ्लुले सताएपछि उनीहरु अभ्यासमै आउन सकेका छैनन्।

पहिलो खेलमै सर्बियाले ब्राजिलको पहिलो रोजाइका फरवार्ड नेयमारमाथि ९ फउल गरेपछि नेयमार चोटग्रस्त छन्। दायाँ घुँडामा चोट लागेका नेयमारको खुट्टा शनिबार मात्र केहि शितल भएको छ।

अब उनले समूह चरणका बाँकी दुवै खेल गुमाउने पक्का भएको छ। अहिले ड्यानियलोले केहि अभ्यास सेसनहरु गुमाएका छन्। त्यस्तै, एन्थोनी, एलिसन बेकर र लुकास पकेटाले पनि अभ्यासका केही सत्र गुमाएका हुन्।

म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनीले अभ्यासका दुई सेसन गुमाएका छन्। फ्लुजस्तै लक्षण देखिएपछि उनले सेसन गुमाएका हुन्। तर पकेटा र एलिसनसँगै उनले पनि शनिबार केहि समय खेल खेल्ने भएका छन्। यता टिटेले आजको खेलका लागि फाइनल टिम बनाउन लागिपरेका छन्।

यता ड्यानियल चाहिँ मेडिकल टिमको सल्लाहमा नेयमारसँगै आफ्नो उपचार गराइरहेका छन्।

kumari

प्रकाशित: Nov 28, 2022| 14:35 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।