शनिबार, कात्तिक २९, २०८२

स्वीस डिफेन्डरको दाबी– ब्राजिल हराउन सकिने टिम हो

स्विट्जरल्यान्डका डिफेन्डर (सेन्टर ब्याक) निचो इल्वेदीले उपाधि दाबेदार ब्राजिल विश्वकपमा हराउन सकिने टिम भएको बताएका छन्।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं– स्विट्जरल्यान्डका डिफेन्डर (सेन्टर ब्याक) निचो इल्वेदीले उपाधि दाबेदार ब्राजिल विश्वकपमा हराउन सकिने टिम भएको बताएका छन्। गएको शनिबार निचोले प्रतिक्रिया दिँदै उपाधि लक्ष्यका साथ कतार पुगेको ब्राजिली टिम हराउन सकिने भएको बताएका हुन्।

National life

अहिले ब्राजिललाई अघिल्लो चरणमा जानको लागि सबै गुण भएको टिमका रुपमा पनि व्याख्या गरिएको छ। ‘यो विश्वको हरेक टिम हराउन सकिने नै हुन्छन्,’ बोरुसिया मोन्छेनग्डालबाखका डिफेन्डर निचोले भने।

पाँच पटकको विश्व विजेता ब्राजिलसँग आज राति स्विट्जरल्यान्डले खेल्दैछ। त्यो खेलअघि ब्राजिललाई इंगित गर्दै उनले भने, ‘हामीलाई चुनौती छ भन्ने थाहा छ। तर हामी यसलाई डटेर सामना गर्नेछौं। हामीलाई हाम्रो गुणस्तर थाहा छ र हामी त्यो देखाउन सक्षम छौं।’

इल्भेदीका ग्लाडबाखका टिममेट ब्रिल इम्ब्रियोले पछिल्लो खेलमा दोस्रो हाफमा गोल गरेपछि स्विट्जरल्यान्डले एक गोलले क्यामरुनविरुद्ध जित निकालेको थियो। त्यस्तै, इल्भिेदीले त्यो जितले आफूलाई प्रेरणा दिएको बताएका छन्।

‘त्यो गोलले माहोल सकारात्मक बनाएको छ। टिमप्रति विश्वास गर्ने वातावरण बनेको छ,’ उनले भने। पहिलो खेलमा जित निकालेपछि स्विट्जरल्यान्डले अर्को चरणमा बाटो छोटो बनाएको छ। साथै उसले पछिल्ला चार विश्वकपमा नकआउट चरणको यात्रा गरिसकेको छ।

Laxmi sunrise bank
kumari

त्यसैले आजको खेलमा जित निकाल्न सके ऊ लगातार पाँच पटक विश्वकपको नकआउट चरणमा पुग्नेछ। यता आजको खेलमा ब्राजिली टालिस्मेन नेयमार हुनेछैनन्। त्यसैले आज स्विट्जरल्यान्ड कम्तिमा पनि बराबरीमा रोक्ने प्रयासमा हुनेछ। ‘हामी हाम्रो रणनीतिमा टिकेर खेल्छौं। र, थाहा छ उनीहरुको टिममा उत्कृष्ट खेलाडी छन्। तर नेयमार खेल्ने छैनन् भनेर हामीले ढुक्क हुने अवस्था छैन।’ 

प्रकाशित: Nov 28, 2022| 13:50 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।