आइतबार, वैशाख १६, २०८१

नेइमारबिनाको ब्राजिललाई रोक्ने लक्ष्यमा स्वीट्जरल्यान्ड

ब्राजिल र स्वीट्जरल्यान्डको कतार विश्वकप दसौं भेट हो। यसअघि दुवैले ९ खेल खेलिसकेका छन्, जसमा ब्राजिलले चार खेल जितेको छ भने स्वीट्जरल्यान्डले तीन पटक जितेको छ। बाँकी चार खेल दुवैले बराबरी खेलेका छन्।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा सोमबार समूह ‘जी’अन्तर्गत स्वीट्जरल्यान्डले बलियो टोली ब्राजिलविरुद्ध खेल्दै छ। यी दुईबीचको खेल नेपाली समयअनुसार राती ९–४५ बजे ९७४ रंगशालामा सुरु हुनेछ।

triton college

खेल हुँदै गर्दा दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन् र एक खेलअगावै अन्तिम १६ मा स्थान सुरक्षित गर्न चाहन्छन्। समान एक खेल खेलेका दुवै टोली तीन–तीन अंकका साथ समूहको पहिलो र दोस्रो स्थानमा रहेका छन्।

स्वीट्जरल्यान्डले पहिलो खेलमा क्यामरुनलाई १–० गोल अन्तरले पराजित गरेको थियो। त्यस्तै, ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराउँदै समूहको शीर्ष स्थानमा उक्लिएको थियो। सर्वाधिक पाँच पटकको विश्व विजेता ब्राजिल सन् २०२१ को कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँग पराजित भएयता अपराजित छ।  ब्राजिल फिफा वरीयताको शीर्ष स्थानमा रहेको टिम हो। उता, स्वीट्जरल्यान्ड फिफा वरीयतामा १५औं स्थानमा छ।

सर्बियाविरुद्धको खेलमा ब्राजिलका मुख्य खेलाडी नेइमार जुनियर चोटग्रस्त भएका थिए। त्यसपछि मेडिकल टिमले उनले बाँकी दुई–तीन खेल गुमाउने पक्का रहेको बताएका छन्। नेइमारजस्ता मुख्य खेलाडी घाइते भएपछि ब्राजिलको टिमलाई झट्का लाग्यो। तर ब्राजिलका प्रशिक्षक टिटे नेइमार चाँडै टिममा फर्किएर खेल्ने बताउँछन्। उनी नेइमारको टिममा खाँचो रहेको बताउँछन्। कतारी मिडियासँग कुरा गर्दै टिटेले भने, ‘टिममा सबै खेलाडी महत्त्पूर्ण छन्। नेइमार अझ खास छन्। उनको खुट्टाको चोटले केही खेल गुमाउँदै छन्। यो हाम्रा लागि दुर्भाग्य हो। नेइमारले टिमको खेलमा ठूलो प्रभाव पार्ने गर्छन्। उनको अनुपस्थिति टिमका लागि समस्या हुन सक्छ। तर उनी चाँडै चोटमुक्त भएर मैदान फर्किनेछन्। टिममा आफ्नो खाँचो रहेको उनले बुझेका छन्। नेइमार चाँडै फर्किनेछन्।’

ब्राजिलविरुद्धको खेलमा आफ्नो टिम उच्च मनोबलका साथ मैदान उत्रिने अनुभवी स्वीस मिडफिल्डर सकिरी बताउँछन्। आफ्नो टिममा धेरै अनुभवी खेलाडी रहेको र ब्राजिलसँग चार वर्षपछि खेल्न लाग्दा उत्साहित भएको उनको भनाइ छ।

टिटे आफ्नो टिम उच्च लयमा रहेका कारण स्वीट्जरल्यान्डविरुद्ध लगातार जितको खोजीमा हुने बताउँछन्। उनी भन्छन्, ‘अब हामी स्वीट्जरल्यान्डविरुद्ध खेल्दै छौं। हामी खेल जितेर अन्तिम १६ मा स्थान बनाउन चाहन्छौं। हामीसँग उत्कृष्ट खेलाडी छन् भने उनीहरू उच्च लयमा खेलिरहेका छन्। त्यसैले हामी स्वीसविरुद्ध जित निकाल्नेमा आशावादी छौं।’

corrent noodles
Metro Mart

यी दुई टोलीको यो दसौं भेट हो। यसअघि दुवैले ९ खेल खेलिसकेका छन्। यसमा ब्राजिलले चार खेल जितेको छ भने स्वीट्जरल्यान्डले तीन पटक जितेको छ। बाँकी चार खेल दुवैले बराबरी खेलेका छन्। अन्तिम पटक दुवै टोली सन् २०१८ को विश्वकपमा खेलेका थिए। उक्त खेल एक–एक खेलको बराबरीमा सकिएको थियो।

ब्राजिलविरुद्धको खेलमा आफ्नो टिम उच्च मनोबलका साथ मैदान उत्रिने अनुभवी स्वीस मिडफिल्डर सकिरी बताउँछन्। आफ्नो टिममा धेरै अनुभवी खेलाडी रहेको र ब्राजिलसँग चार वर्षपछि खेल्न लाग्दा उत्साहित भएको उनको भनाइ छ। कतारी मिडियासँग कुरा गर्दै उनले भने, ‘अन्तिम पटक हामी सन् २०१८ मा खेलेका थियौं। हामी त्यो खेल बराबरी खेलेका थियौं। तर यस पटक हामी राम्रो नतिजाको खोजीमा छौं। हाम्रो टिम त्यो समयभन्दा धेरै बलियो छ र ब्राजिललाई हराउन योग्य छौं। हामीसँग त्यसबेलाभन्दा धेरै अनुभवी खेलाडी छन्। हामी राम्रो लयमा खेलिरहेकाले ब्राजिललाई जित्न सक्छौं।’

तर सकिरी ब्राजिलको टिमसँग सजग पनि हुनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘ब्राजिलको टिम विश्वकै उत्कृष्ट टिम हो। उनीहरूसँग हामीले होसियार भएर खेल्न जरुरी छ। उनीहरूको टिममा सबै उत्कृष्ट खेलाडी छन्। उनीहरूका वैकल्पिक खेलाडीमा पनि धेरै गुण छन्। त्यसैले ब्राजिलविरुद्ध खेल्न सहज छैन तर हाम्रो टिमले राम्रो खेलेर जित्न सक्छ।’

ब्राजिलका सम्भावित ११ खेलाडी

एडरसन मोराएस, थियागो सिल्भा, मार्किन्हस, ड्यानीलो, एलेक्स सान्ड्रो, क्यासेमिरो, लुकास पाक्वेटा, फ्रेड, रिचार्लिसन, भिनीसियस जुनिअर,  राफिन्हा, रोड्रिगो

स्वीट्जरल्यान्डका सम्भावित ११ खेलाडी

ग्रेगोर, मानुएल अकान्जी, एरे कोमेर्ट, निको एल्भेदी, रिकार्डो रोड्रिगेज, एडिमिल्सन पर्नान्डेज, ओकाफोर, जेर्दान सिकरी, क्रिस्टियन फासानाच्ट, हरिस सेफेरोभिक, रुबेन भर्गास।

प्रकाशित: Nov 28, 2022| 12:03 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।