सोमबार, भदौ १५, २०८३

जापानलाई पराजित गरेर ३ अंक जोड्यो कोस्टारिकाले

जारी फिफा विश्वकपअन्तर्गत समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानलाई १–० ले पराजित गरेको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं– जारी फिफा विश्वकपअन्तर्गत समूह ‘ई’ को खेलमा कोस्टारिकाले जापानलाई १–० ले पराजित गरेको छ।

कतारको अहमेद बिन अली रंगशालामा सम्पन्न खेलमा किसर फुलरले खेलको निर्धारित समय सकिन ९ मिनेट बाँकी रहँदा गरेको गोल निर्णायक बन्यो। यससँगै कोस्टारिकाले तीन अंक पक्का गर्‍यो। उनले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहारले ‘सेकेन्ड बार’ को जाली चुम्यो। यो जितसँगै कोस्टारिकाले अन्तिम–१६ को सम्भावनालाई कायम राखेको छ। 

जितसँगै दुई खेलबाट तीन अंक जोडेको कोस्टारिका तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। यस्तै, समान खेलबाट तीन अंक नै जोडेको जापान दोस्रो स्थानमा छ। समूहबाट शीर्ष दुई टिमले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: Nov 27, 2022| 18:12 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।