आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • १० लाख नाघ्यो स्वतन्त्र पार्टीको समानुपातिक मत, प्रत्यक्षतर्फ कसको अवस्था कस्तो?

१० लाख नाघ्यो स्वतन्त्र पार्टीको समानुपातिक मत, प्रत्यक्षतर्फ कसको अवस्था कस्तो?

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ८८ लाख ९५ हजार मत गणना भएको छ र मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको चालू मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख मत कटाएको छ। अहिलेसम्म स्वतन्त्र पार्टीले १० लाख आठ हजार मत ल्याएको छ। 

National life

निर्वाचन आयोगका अनुसार अहिलेसम्म ८८ लाख ९५ हजार मत गणना भएको छ र मतगणना अन्तिम चरणमा प्रवेश गरेको छ।

सबैभन्दा पहिलो स्थानमा रहेको नेकपा एमालेले २४ लाख ४२ हजार मत ल्याएको छ। नेपाली कांग्रेसको मत एमालेको तुलनामा करिब एक लाख २० हजार कम छ। कांग्रेसले २३ लाख १९ हजार मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख १६ हजार मत पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख २७ हजार मत पाएको छ।

जनता समाजवादी पार्टी नेपालले पनि समानुपातिक प्रणालीको सिटमा हिस्सा पाउने निश्चित भएको छ। जसपाले तीन लाख तीन हजार मत पाएको छ।

Shivam cement

नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फको थ्रेसहोल्ड पार गर्न संघर्षरत छ। उसले अहिलेसम्म दुई लाख ३९ हजार मत पाएको छ।

प्रत्यक्षतर्फ ५३ सिट जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा छ। ३ स्थानमा उसले लिड गरिरहेको छ।

दोस्रो स्थानमा रहेको एमालेले ४१ सिट जितेको छ भने दुई स्थानमा अग्रता लिइरहेको छ। नेकपा माओवादी केन्द्रले १७ सिट जितेको छ भने नेकपा एकीकृत समाजवादीले १० सिट। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, जनता समाजवादी पार्टीले ६, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन्। 

नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको छ भने जनमत पार्टीले १ सिट हासिल गरेको छ। राष्ट्रिय जनमोर्चाले पनि १ सिट जितेका छन् । 

स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले प्रतिनिधिसभामा जितेका छन्।

प्रकाशित: Nov 27, 2022| 17:45 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...