काठमाडौं- कतारमा जारी विश्वकप फुटबलमा जापान र कोस्टारिकाले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका छन्। दोहास्थित अहमद बिन अली रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।
दुवै टोलीले गोलका लागि अवसर पाए पनि गोल गर्न भने सकेनन्। समूह ‘ई’मा रहेका दुई टोलीमध्ये कोस्टारिकाले पहिलो खेल स्पेनसँग ७-० ले हारेको थियो। जापानले भने ४ पटकको विश्वविजेता जर्मनीलाई हराएको थियो।
यसअघि भएका चार पटक आमनेसामने भएका खेलमा जापानले तीन खेलमा जित र एक खेल बराबरी गरेको छ।
कोस्टारिकालाई हराउन सके जापान एक खेलअघि नै नकआउटमा प्रवेश गर्नेछ। कोस्टारिकाले हार व्यहोरे नकआउटमा प्रवेशको सम्भावना सकिनेछ। दोस्रो हाफको खेल जारी छ।