शुक्रबार, साउन १, २०८३

पाँच नम्बर प्रदेशमा किसानलाई चाहिएजति मलखाद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- मलखाद अभाव भएको भन्दै सीमावर्ती क्षेत्रमा साइकल तथा अन्य सवारी साधन मार्फत मलखादको चोरी निकासी भईरहेको बेला सरकारी निकायले ५ नम्बर प्रदेशका खेतबारीमा पुग्ने मलखाद मौज्दात भएको दाबी गरेको छ। 

५ नम्बर प्रदेशका किसानहरुलाई खेती किसानीकोलागी चाहिने आवश्यक मलखाद पर्याप्त रहेको सरकारी अधिकारीले दाबी गरेका हुन्। उनीहरुले भनेका छन्, ‘मलखाद पाईएको छैन भन्दै चोरी निकासी गर्नु गलत हो। आवश्यकता अनुसार मलखाद उपलब्ध गराउन सक्छौं। ’ 

कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाका प्रबन्धक राजेन्द्र बहादुर कार्किका अनुसार अहिले कार्यालय र विभिन्न जिल्लाहरुमा गरी ७५ हजार ५ सय ७ बोरा मल मौज्दात रहेको छ। जुन यस क्षेत्रमा हाल खेती किसानीकोलागी प्रयाप्त मलखाद परिमाण हो। 

धान पोटाउने समयमा पूर्वाञ्चल र मध्यमाञ्चलमा मल अभाव भएर किसानले सास्ती पाइरहेका बेला ५ नम्बर प्रदेशमा भने त्यस्तो समस्या नभएको उनले दाबी गरे । कृषि सामग्री कम्पनीले धानमा मल राख्ने अन्तिम समय भएकाले अभाव हुन नदिन ग्लोबल टेन्डरमार्फत् भारतीय आइपिएल कम्पनीसँग खरिद गरेर युरिया २ लाख बोरा यहाँ ल्याएर वितरण एवं परिचालन गरिसकिएको छ। 

यसअघि सरकारले भारत र चीनबाट ग्लोबल र जिटिजी टेण्डरमार्फत् मल ल्याउने प्रक्रियामा ढिलाई गर्दा सधैजसो सिजनमा अभाव हुने गर्दथ्यो । योवर्ष भने समयमै मल आयात हुँदा किसानहरुले चाहेजति मल पाएर पनि मौज्दात रहेको हो। 

कृषि प्राविधिकका अनुसार खासगरी धान पोटाउने बेला युरीया प्रयोग गर्नुपर्छ।  क्षेत्रीय कार्यालयका अनुसार भैरहवामा मात्रै ४४ हजार बोरा मल मौज्दात छ। यस्तै घोराहीमा एक हजार ६६० बोरा, तुल्सीपुरमा ३४२ बोरा, लमहीमा २ हजार ८४० बोरा, परासीमा ७ हजार ८०० बोरा , कावासोतीमा १४० बोरा , बहादुरगन्जमा २ हजार एक सय बोरा मल मौज्दात छ । यस्तै तौलिहवामा ५ हजार, पाल्पामा ९६० बोरा मलखाद मौज्दात रहेको छ। 

नेपालमै मलखाद परिणाम प्रायाप्त भएको भएता पनि प्रदेशका कपिलवस्तुको कृष्णनगर, खुनगाईनाका, रुपन्देहीको कक्रहवा, मर्चवार, भैरहवा नाका, नवलपरासीको महेशपुर, गेर्मी नाका, नेपालगन्जको रुपौडीयानाका क्षेत्रबाट किसानहरुले दैनिक सयौं बोरा मलखाद खेती किसानीकोलागी भित्राउने गरेका छन्। सीमा सुरक्षामा बसेको शसस्त्र प्रहरी र नेपाल प्रहरीले त्यसरी आउने साइकलहरुलाई नियन्त्रणमा लिएर कतिपय ठाउमा कारबाहि गरेको भएता पनि किसानहरुको समस्या बुझेर प्रहरी छाड्न बाध्य हुने गरेको छ। 

कतिपय ठाउमा विभिन्न दलका नेताहरुले मलखादको ओसारपसार गर्ने कार्य नरोक्न दबाब दिने पनि गर्ने गरेका छन् भने कयौं ठाउमा त प्रहरीविरुद्ध आन्दोलन समेत हुने गरेको छ। 

केही वर्ष अगाडी रुपन्देहीको मैनिहीया भगवानपुर नाकाबाट अबैध रुपमा ल्याउदैं गरेको मलखाद प्रहरीले नियन्त्रणमा ल्याउदा ठुलो आन्दोलन नै भएको थियो जसको परिणाम स्वरुप रुपन्देहीमा एक बोरा मलखाद ल्याउने किसानलाई नरोक्ने सहमति तत्कालिन प्रशासन संग भएको थियो र सोही अनुसार अहिले जिल्लामा मलखादको कारोबार हुदैं गएको छ। 
  
१)
२) रुपन्देहीको हाटिबनगाई स्थित किसानको खेतमा पोटाउदैं गरेको धानको बाला।





 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।