बुधबार, भदौ १८, २०८२

झलनाथ खनाललाई हराउँदै एमालेका महेश बस्नेत निर्वाचित

इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्।
 |  आइतबार, मंसिर ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

vianetvianet
Kumaribank
Metro Mart

काठमाडौं– इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पराजित भएका छन्। खनाल नेकपा एमालेका उम्मेदवार महेश बस्नेतसँग २९ सय ५७ मतले पराजित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मतपरिणामको विवरण सार्वजनिक भने गरिसकेको छैन। सुरुदेखि नै पछि परिरहेका खनालले हार्ने देखेपछि पुनः गणना गर्नुपर्ने माग गरेका थिए। तर निर्वाचन आयोगले त्यसलाई स्वीकार गरेन।

खनालले सुरुमा ५ सय मत तलमाथि गरिएको बताएका थिए। त्यसपछि पनि उनले २६० मतमा गडबड गरिएकाले मतगणना बहिष्कार गर्ने चेतावनी दिएका थिए। आयोगले उनको दाबीलाई अस्वीकार गर्दै मतगणना टुंग्याएको हो। 

इलाम-२ मा एमालेका सुवास नेम्वाङ झिनो मतान्तरले निर्वाचित भएका छन्।
प्रकाशित: Nov 27, 2022| 15:56 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...