शनिबार, कात्तिक २९, २०८२

एम्बाप्पे बन्दैछन् गोल्डेन बुटका प्रबल दावेदार

अघिल्लो पटक इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट जित्दा ६ गोल गरेका थिए। २०१४ मा कोलम्बियाली हामेश रोड्रिग्वेजले गोल्डन बुट जित्दा पनि छ गोल नै गरेका थिए। सन् २०१० मा त जर्मनीका थोमस मुलरले पाँच गोलमै गोल्डेन बुट जिते।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं– डिफेन्डिङ च्याम्पियन फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले शनिबार राति आफ्नो टिमलाई अन्तिम १६ मा पुर्याउनका लागि दुई गोल गरे। यो गोलसँगै उनले जारी विश्वकपमा आफ्नो खातामा पनि तीन गोल पुर्याएका छन्। अनि लिड गरिरहेका छन्– विश्वकपको गोल्डेन बुटको दाबेदारी गर्ने खलाडीहरुको लिस्ट।

National life

अघिल्लो विश्वकपको फाइनलमा पनि गोल गरिसकेका एम्बाप्पेलाई थाहा छ कि उनको टिम अहिले फर्ममा छ। पाउल पोग्बा, एनगोलो कान्टे अनि करिम बेञ्जिमा टिममा नहुँदा पनि फ्रान्सले लोभलाग्दा नतिजा निकालेको छ।

पहिलो खेलमा अष्ट्रेलिया र दोस्रो खेलमा डेनमार्कलाई हराउँदा उनको भागको श्रेय एम्बाप्पेलाई नदिई सुखै छैन। अझै तीन गोल गरेपछि उनलाई गोल्डेन बुटको दाबेदारी मान्ने पर्छ। किनभने पछिल्लो विश्वकपलाई हेर्ने भने गोल्डेन बुटको रेस धेरै टाढा छैन। रसिया विश्वकपमा ५ गोल गरेका एम्बाप्पेले यो वर्ष उस्तै फर्ममा छन्।

अघिल्लो पटक इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट जित्दा ६ गोल गरेका थिए। २०१४ मा कोलम्बियाली हामेश रोड्रिग्वेजले गोल्डन बुट जित्दा पनि छ गोल नै गरेका थिए। सन् २०१० मा त जर्मनीका थोमस मुलरले पाँच गोलमै गोल्डेन बुट जिते। त्यसअघिकोे जर्मनी विश्वकपमा गोल्डेन बुट जित्ने मिरोलभ क्लोसेले पनि पाँचै गोल गरेका थिए।

यो विश्वकपमा एम्बाप्पेलाई काउन्टर दिइरहेका छन् इक्वेडरका एन्नी भ्लालेन्सियाले। तर भ्यालेन्सियाको टिमलाई नकआउट चरणमा अघि बढ्नका लागि सजिलो छैन। अब उनको टिमले सेनेगलको सामना गर्दैछ। यो कुरा त सारा अफ्रिकाको लागि गर्वको कुरा हुनेछ।  उनको टिमले अन्तिम १६ को यात्रा पनि पार गर्न सके भने उनको नाम प्रबल दाबेदारको रुपमा देख्न सकिने छ। किनभने इक्वेडरका अहिलेसम्मका एकल गोलकर्ता नै भ्यालेन्सिया हुन्। त्यसैले समान तीन गोल गरेका यी दुई खेलाडीले गोल्डेन बुटको रेसको शीर्षस्थानमा आफूलाई राख्न सफल भएका छन्।

Laxmi sunrise bank
kumari

विश्वकपको उद्घाटन खेलमा घरेलु टिमलाई २–० ले हराउने क्रममा भ्यालेन्सियाले कतारी मैदानमा दुई गोल गरे। त्यसपछि उनले नेदरल्यान्डसविरुद्ध एक गोल गरेका हुन्।

कतारमा जारी फिफा विश्वकपमा समूह चरणअन्तर्गत दोस्रो चरणका खेल भइरहेका छन््। चार खेलमै १४ गोल भइसकेको विश्वकपमा १२ खेल सकिँदा ३३ गोल भइसकेका थिए। त्यसपछि अहिले २४ खेल सकिँदासम्म ५७ गोल भइसकेका छन्। त्यसमा दोहोरो गोल गर्ने खेलाडीको संख्या सात रहेको छ। एक गोल गर्नेमा ३७ खेलाडी रहेका छन्।

सबैलाई थाहा भएकै कुरा हो, विश्वकपमा गोल गरेर जित निकाल्ने टिमसँगै गोल गर्ने खेलाडीको पनि धेरै चर्चा हुन्छ। हरेक विश्पकमा उपाधिसँगै गोल्डेन बुटको व्यक्तिगत अवार्डलाई पनि धेरै महत्वपूर्ण उपाधिका रुपमा लिइन्छ। त्यसैले समूह चरणको सुरुबाटै गोल्डेन बुटको रेससमेत सुरु भएको हो।

विश्वकपमा अझै ४० खेल बाँकी नै छ। धेरै गोल हुन बाँकी नै छ। अनि २४ खेल सकिँदा पनि कुनै खेलाडीले ह्याट्रिक गर्न भने सकेका छैनन्। सायद आउँदा खेलमा त्यो पनि देखिएला। अहिले नै गोल्डेन जित्ने सक्ने खेलाडीको अनुमान गर्ने समय त भइसकेको छैन। यद्यपि खेलाडीको प्रदर्शन हेरेर दाबेदारहरु भने अनुमान लगाउन सकिने अवस्था बन्दै गएको छ।

दुई गोल गर्ने खेलाडी सात पुगे
दोहोरो गोल गर्नेमध्ये चार युवा खेलाडी हुन्। ती हुन् बुकायो साका, कोडी गक्पो, फरान टोरेस र रिचार्लिसन। यी चार खेलाडीबाहेक लियोनेल मेस्सी, मेहेदी तारेमी र ओलिभिए जिरुले पनि समान २–२ गोल गरिसकेका छन्।

आफ्नो पहिलो खेलमा सर्बियालाई २–० ले हराउने क्रममा ब्राजिलका रिचार्लिसनले दुई गोल गरेका थिए। उनले गरेको एक्रोब्याटिक गोल सामाजिक सञ्चालमा धेरै चर्चामा रह्यो। अब टिममा नेयमार घाइते छन्। यस्तोमा फरवार्ड रिचार्लिसनले गोल संख्या बढाउन सक्नेछन्।

यता नेदरल्यान्डका कोडी गक्पो भर्खरै २३ वर्षका भए। उनले पनि विश्वकपमा दुई गोल गरेका छन्। विश्वकपमा राम्रो टिमको रुपमा रहेको नेरदरल्यान्डसका गक्पोले एक गोल एक्वेडरविरुद्ध र अर्को गोल सेनेगलविरुद्ध गरेका थिए।

कोस्टारिकाविरुद्ध ७–० को जित निकाल्ने क्रममा फरानले दुई गोल गरेका थिए। यो जितसँगै स्पेनले चर्चा कमाएको छ। त्यसैगरी विश्वकपमा धेरै गोल गर्न सक्ने सम्म्भावित खेलाडी देखिने क्रम चलिरहेको छ। अर्जेन्टिनालाई नै उपाधि दाबेदार मानिएको अवस्थामा कप्तान लियोनल मेस्सीले पनि दुई गोल गरे। उनले साउदी अरेबियाविरुद्ध र मेक्सिकोविरुद्ध गोल गरेका थिए।

पहिलो खेलमा पहिलो गोललाई भीएआरको मद्दतले रेफ्रिले अफसाइड बताएको चार मिनेटमै इक्वेडरका भ्यालेन्सियाले कतारविरुद्ध अर्को गोल गरेका थिए। त्यस्तै, वेस्ट ह्याम र एभर्टनका पूर्वखेलाडी भ्यालेन्सिया ह्याट्रिक गर्नबाट चुकेका थिए।

विश्वकपको दोस्रो खेलमा इंग्ल्यान्डले इरानलाई हराउने क्रममा २१ वर्षे बुकायो साकाले पनि दुई गोल गरे। इंग्ल्यान्डले एकपक्षीय पारेको खेलमा साकाले पहिलो हाफमा र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए। साका इंग्लिस क्लब आर्सनलका खेलाडी हुन्, जसबाट उनले प्रिमियर लिगमा चार गोलसँगै १४ खेलमा छ एसिस्ट गरिसकेका छन्।

उनले युरोकप फाइनलमा पेनाल्टी मिस गरेपछि उनलाई सबैले आलोचना गरेका थिए। तर उनले विश्वकपमा सानदार सुरुआत गरे। यो वर्ष आर्सनलले उनलाई गोल्डेन बुटको प्रबल दावेदार बनाइसकेको छ।

इंग्ल्यान्डविरुद्धको खेलमा इरानका मेहेदी तारेमीले दुई गोल नै फर्काएका छन्। त्यो दुई गोलसँगै तारेमी पनि गोल्डेन बुटको रेसमा होमिए। पोर्चुगलमा पहिले रियो एभ र अहिले पोर्टोमा खेलिरहेका उनले इंग्ल्यान्डविरुद्ध आफूलाई सावित गरे। च्याम्पियन्स लिगमा पनि चम्किएका तारेमीले इरानलाई पनि राम्रो स्थानमा पुर्याउन सक्छन् भन्ने विश्वास गरिएको छ।

त्यस्तै अष्ट्रेलियालाई ४–१ ले हराउँदा ओलिभिए जिरुले पनि दुई गोल गरेका थिए। उनको गोलसँगै साविक विजेता फ्रान्स लगातार तीन पटक विश्वकप जित्ने लक्ष्यका साथ होमिएको कुरालाई सार्थक बनाएको पनि छ।

अघिल्लो विश्वकपमा छ गोल गरेर गोल्डेन बुट जितेका ह्यारी केनले यो वर्ष भने गोलको खाता खोल्न सकेका छैनन्। सन् २०१४ को गोल्डेन बुट विजेता हामेसको टिम भने विश्वकपमा छनोट नै भएन।

प्रकाशित: Nov 27, 2022| 17:27 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।