शनिबार, कात्तिक २९, २०८२

नकआउट चरणमा पुग्ने जापानको आत्मविश्वास

जापानले दोस्रो खेमा कोस्टारिकासँग खेल्दैछ। कोस्टारिका त्यहि टिम हो, जसले स्पेनसँग एक खेलअघि सात गोलको सामना गरेको थियो। यो प्रतियागिताको सबैभन्दा फराकिलो हार बेहोरेको कोस्टारिकालाई हराउने योजना आज जापानको छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं– कतार विश्वकपको पहिलो खेलमा जापानी समर्थकलाई विश्वासै नलाग्ने नतिजा जापानको फुटबल टिमले निकाल्यो। सात बुन्डेसलिगा खेलाडीसँगै उत्रिएको टिमले जर्मनीलाई २–१ गोलअन्तरले हराएपछि जापानी समर्थकले प्यारापिटमा खुसीको आँसुसमेत झारेका थिए।

National life

अब जापानले दोस्रो खेमा कोस्टारिकासँग खेल्दैछ। कोस्टारिका त्यहि टिम हो, जसले स्पेनसँग एक खेलअघि सात गोलको सामना गरेको थियो। यो प्रतियागिताको सबैभन्दा फराकिलो हार बेहोरेको कोस्टारिकालाई हराउने योजना आज जापानको छ।

यी दुई टिमले आज दिउँसै प्रतिस्पर्धा गर्ने तय छ। त्यो खेललाई लिएर जापानी पत्रिकाले दै किम्बोशी लेखेका छन्। यो सुमो रेस्लिङमा प्रयोग गरिने शब्द हो, जब कम वरियताको खेलाडीले स्टार खेलाडीलाई हराउँछ, यो शब्द प्रयोग गरिन्छ। अहिलेको सन्दर्भमा त्यो भनेको जापानी टिममा रहेको पोटेन्सियल भन्ने अर्थ लाग्छ। यो शब्दले जर्मनीविरुद्धको खेललाई संकेत गरेर एक खेल अगावै अन्तिम १६ को सिट सुरक्षित गर्ने दाबी गरेको हो।

यो विश्वकपमा जापान अन्डरगडको रुपमा खेलिरहेको छ। र, यो खेलमा जित निकाल्न सके उसले अन्तिम १६ को यात्रा गर्नेछ। तर आजको हारले कोस्टारिकालाई विश्वकपबाट बाहिरिनका लागि पर्याप्त हुनेछ। किनभने अन्तिम खेलमा कोस्टारिकाले जर्मनीको सामना गर्दैछ। अनि जर्मनीलाई अब हार्ने छुट हुनेछैन।

अन्तिम खेलमा जर्मनीविरुद्ध जित निकाल्न गाह्रो हुने हुँदा कोस्टारिकालाई आजकै खेलमा जित निकाल्न दबाब छ। पछिल्लो खेलमा त कोस्टारिकाले २८ प्रतिसत समय मात्र बलमा नियन्त्रण बनाएको थियो। ‘हामीले खेलभरी तीनदेखि चार पास पनि राम्ररी खेल्न पाएनौँ,’ कोस्टारिकाका प्रशिक्षक लुइस फर्नान्डोले भनेका छन्।

Laxmi sunrise bank
kumari

यता जापान भने अहिलेसम्म कहिले पनि विश्वकपको क्वार्टरफाइनलमा पुगेको छैन। त्यसैले ऊ एसियामा भइरहेको विश्वकपमा अघि जान चाहन्छ। यता कोस्टारिका भने २०१४ मा ब्राजिलमा भएको विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो।

५० लाख जनसंख्या भएको सानो अमेरिकी मुलुककोे लागि यो ठूलो कुरा थियो। त्यसैले पनि अहिले जापानलाई विश्वकपको क्वार्टरफाइनलसम्म पुग्ने ठूलो धोको छ। अघिल्लो पटक बेल्जियमसँग ३–२ ले पराजित भएको जापान यो पटक भने अन्तिम १६ मा पुगिछाड्ने लक्ष्यका साथ विश्वकपमा होमिएको प्रशिक्षक हाजिमे मोरियासुले पनि बताएका छन्।

विश्वकपको पहिलो खेलमा सब्स्टिच्युट रित्सु दोअन र ताकुमा आसानोले गोल गरेका थिए। उनीहरु दुवै जना जर्मन लिग बुन्डेसलिगामा खेल्छन्।


प्रकाशित: Nov 27, 2022| 15:09 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।