आइतबार, वैशाख १६, २०८१

जापानसँग हारेको जर्मनीले जित्ला स्पेनलाई?

स्पेन र जर्मनी सन् २०१० र २०१४ का विश्व विजेता हुन्। उता जापान एसियाको पावर हाउस हो। कोष्टारिका पनि पछिल्लो समय राम्रो लयमा छ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपको आठ समूहमध्ये सबैभन्दा कठिन समूह हो समूह ʻइʼ। जहाँ छन् स्पेन, जर्मनी, जापान र कोष्टारिका। स्पेन र जर्मनी सन् २०१० र २०१४ का विश्व विजेता हुन्। उता जापान एसियाको पावर हाउस हो। कोष्टारिका पनि पछिल्लो समय राम्रो लयमा छ। त्यसैले यो समूहलाई कठिन समूह भनिएको हो। पहिलो चरणका खेल सकिसकेका छन्। कठिन ठानिएको यो समूह पहिलो चरणमा खासै कठिन जस्तो देखिएन। किनकी बलियो टोली जर्मनी पराजित भयो। उता स्पेनले कोष्टारिकाको पोष्टमा गोलको वर्षा गर्यो।

triton college

जर्मनी पहिलो खेलमा पराजित हुँदा स्पेनले शानदर जित निकालेपछि यो समूह अझ रोमाञ्चक बन्यो किनकी दोस्रो खेल छ जर्मनी र स्पेनबीच। जर्मनी र स्पेनको खेल नेपाली समय अनुसार आज राति १२:४५ बजे अल बेट रंगशालामा हुनेछ। 

जर्मनी पहिलो खेलमा एशियाली पावर हाउस जापानसँग पराजित भएको थियो। चार पटकको विश्वविजेता जर्मनी खेलमा लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा जापानसँग २-१ गोलले रोकिन पुग्यो। कठिन समूहमा परेका कारण जर्मनीलाई यो हार महँगो पर्ने पक्का थियो। पहिलो खेलमा पराजित भएपछि आज जर्मनी स्वाभाविक रुपमा दबाबमा हुनेछ।

त्यसैले यो खेल हुँदै गर्दा धेरै कठिनाइमा हुनेछ जर्मनी। सन् २०१४ को विश्वकप विजेता जर्मनी सन् २०१८ को विश्वकपको समूह चरणबाटै घर फर्किएको थियो। दक्षिण कोरियासँग अन्तिम खेलमा पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको थियो। आज जर्मनीसँग जित्नुबाहेक कुनै विकल्प छैन। आजको खेलमा पराजित भए जर्मनी आजै प्रतियोगिताबाट बाहिरिने छ। तर उपाधि दाबेदार टोली जर्मनी यति छिटै प्रतियोगिताबाट बाहिरिन चाहँदैन। 

जर्मनीका मुख्य खेलाडी थोमस मुलर टिमले खेलमा ठूलो परिवर्तन गर्नुपर्ने बताउँछन्। साथै यसपटक स्पेनविरुद्ध जितेर अगाडि जाने मौका अझै पनि रहेको र यो खेल आफूहरुको लागि फाइनलजस्तै रहेको बताउँछन्। कतारी मिडियासँग कुरा गर्दै उनले भने, ʻहामीले अहिले जुन तरिकाले खेलिरहेका छौं, त्यसमा धेरै परिवर्तन आवश्यक छ। हामीले सोचे अनुसारको खेल्न सकिरहेका छैनौं। यसपटक स्पेनविरुद्ध खेल सुधारेर अगाडि जाने मौका छ। जसरि पनि हामीले जित्नैपर्ने दबाब छ र हामी यसपटक गरेर देखाउने छौं। हामी जतिसक्दो धेरै राम्रो प्रदर्शन गर्न चाहन्छौं। हाम्रो लागि यही खेल फाइनल खेल हो।ʼ त्यस्तै उनी स्पेन बलियो टिम रहेको र उसको विरुद्धमा खेल्न सहज नहुने बताउँछन्।

corrent noodles
Metro Mart

जर्मनीलाई स्पेनविरुद्ध जित निकाल्न सहज छैन। किनकी स्पेन नयाँ पुस्ताका खेलाडीका साथ उच्च लयमा छ। पहिलो चरणमा सबैभन्दा धेरै गोल गर्ने टिम बनेको टिम पनि स्पेन नै हो। उसले अमेरिकी प्रतिद्वन्द्वी कोष्टारिकाको पोष्टमा ७ गोल गर्यो र कुनै पनि गोल व्यहोरेन। यो खेलमा स्पेनले  ८५ प्रतिशत बल आफ्नो पक्षमा राखेर हजार भन्दा धेरै पास खेलेको थियो। स्पेनको जितमा फेरान टोरेसले दुई, अल्भारो मोराटा, सोलेर, गाभी, ड्यानी ओल्मो र मार्को एसेन्सियोले समान एक/एक गोल गरेका थिए।

बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस इन्रिकेको नेतृत्वमा रहेको स्पेन टाकाटिकी शैलीमा जस्तोसुकै बलियो टोली विरुद्ध पनि कब्जा जमाउन सक्छ। उनी जर्मनी र आफ्नो टिम उस्तै रहेको मान्छन्। टिम उस्तै भए पनि जर्मनी विरुद्ध खेल्न धेरै कठिन हुने उनको भनाइ छ। पछिल्लो समय सबै टिमलाई डोमिनेट गर्दै आएको स्पेनका लागि यो खेल ओपन गेम रहेको इन्रिके बताउँछन्।

म्याच कनफ्रेन्समा उनले भने, ʻहाम्रो टिम र जर्मनी एउटै स्तरका टिम हौं। हामीलाई जर्मनी विरुद्ध जति कठिनाइ छ, उसलाई पनि हामी विरुद्ध खेल्न सहज छैन। हामीले धेरै टिमलाई पराजित गर्दै आएका छौं, जर्मनी विरुद्ध पनि त्यसलाई नै निरन्तरता दिने लक्ष्यमा छौं। यो गेम ओपन गेम हुनेछ, नतिजा जस्तो सुकै आउन पनि सक्छ, तर हामी त्यति सहज रुपमा पराजित हुन चाहँदैनौं।ʼ

त्यस्तै उनी जर्मनीलाई पराजित गरेर एक खेल अगावै अन्तिम १६ मा स्थान बनाउने लक्ष्यमा रहेको पनि थप्छन्। अन्तिममा उनले थपे, ʻहामी कठिन समूहमा भए पनि एक खेल अगावै अन्तिम १६ मा पुग्न चाहन्छौं। त्यसैले पनि हामीलाई जर्मनी विरुद्ध जित आवश्यक छ। हामी जर्मनी विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै खेल जित्ने छौं।ʼ

हेड टु हेडः यी दुई टोलीको फिफा विश्वकपमा यो पाँचौं भेट यो। यसअघि भएका चार भेटमध्ये जर्मनीले दुईमा जित निकालेको छ भने स्पेनले एक। एक खेल बराबरी भएको छ। विश्वकपको यो हेड टु हेड हेर्दा जर्मनी स्पेनभन्दा अगाडि छ तर यसलाई नै आधार मानेर नतिजा अनुमान लगाउन सकिँदैन। विश्वकपमा बाहेक यी दुई टोलीले जम्मा २५ खेल खेलेका छन्। जसमा जर्मनीले ९ खेलमा जित निकालेको छ भने स्पेनले आठ खेल जितेको छ। बाँकी आठ खेल बराबरी भएको छ।

स्पेनको सम्भावित ११
उनाई साइमन, सेजर एजपिलिकुएटा, ड्यानी कार्भाजल, अमेरिक लापोर्टे, जोर्डी अल्बा, सर्जियो बुस्केट्स, गाभि , पेड्रि गोन्जालेज, फेरान टोरेस, मार्को एसेन्सियो, ड्यानी ओल्मो

जर्मनीको सम्भावित ११
मानुयल नुयेर, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, एन्टोनिओ रुडिगर, निको स्लोटरबेक, सर्जी गिनाब्री, लिओन गोरेट्ज्का, इल्के गुन्डोगान,काऐ हाभार्ट, जमल मुसिएला, थोमस मुलर 


प्रकाशित: Nov 27, 2022| 16:23 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।