शनिबार, वैशाख ८, २०८१

बाँकेमा गठबन्धनलाई धक्का: बहालवाला र पूर्वमन्त्री पराजित

देशभरिजस्तै बाँकेमा पनि मिश्रित परिणाम आए पनि एमाले निराश हुनु परेन। प्रतिनिधिसभा र प्रदेशसभा गरी नौवटा सिट रहेको बाँकेमा प्रतिनिधिसभाका तीन सिटमध्ये गठबन्धनले एउटा निर्वाचन क्षेत्र मात्रै जोगाउन सफल भयो।
 |  आइतबार, मंसिर ११, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

आइतबार, मंसिर ११, २०७९

नेपालगञ्ज- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा बाँकेको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ। मतमरिणामले गठबन्धन चेपुवामा परेको छ भने नेकपा एमाले र एमालेसँग तालमेल गरेका दलले उत्साह बटुलेका छन्। 

triton college

देशभरिजस्तै बाँकेमा पनि मिश्रित परिणाम आए पनि एमाले निराश हुनु परेन। प्रतिनिधिसभा र प्रदेशसभा गरी नौवटा सिट रहेको बाँकेमा प्रतिनिधिसभाका तीन सिटमध्ये गठबन्धनले एउटा निर्वाचन क्षेत्र मात्रै जोगाउन सफल भयो। गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन्। निर्वाचन अवधिभर नै चर्चामा रहेको बाँके निर्वाचन क्षेत्र नम्बर २ मा एमालेसँग तालमेल गरेको राप्रपाका उम्मेदवार निर्वाचित भएका छन्। नेपालगञ्जका निवर्तमान नगरप्रमुख समेत रहेका धवल शमशेर राणाले पूर्वमन्त्री मोहम्मद इस्तियाक राईलाई पराजित गरे। 

बाँकेको निर्वाचन क्षेत्र १ मा पनि गठबन्धनले हात धुनुपर्यो। गठबन्धन सरकारका बहालवाला मन्त्री एमालेका उम्मेदवारसँग पराजित भएपछि नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु असन्तुष्ट समेत बने। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज नेकपा एमालेका उम्मेदवार सूर्य ढकालसँग पराजित भए। 

प्रदेशसभामा जसपा दुई जना, एमाले दुई, कांग्रेस र माओवादी केन्द्रका एक/एक जना उम्मेदवार निर्वाचित भएका छन्।

बहालवाला मन्त्रीको विश्राम
बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेका सूर्य ढकाल विजयी भए। ढकालले २५ हजार २६ मत प्राप्त गरी निर्वाचित भएको सहायक निर्वाचन अधिकृत सन्दीप ढकालले जानकारी दिए। गठबन्धनका उम्मेदवार तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज १९ हजार ६३२ मतमा रोकिए। 

corrent noodles
Metro Mart

तीन निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी १ नं. निर्वाचन क्षेत्रमा एक लाख २१ हजार एक सय मतदाता थिए। जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिका पर्छ। भूगोलको हिसाबले पनि जिल्लाको ठूलो निर्वाचन क्षेत्र हो। 

मन्त्री हुँदा निर्वाचन क्षेत्रका लागि गरेका विकास र योजनाहरु देखाउँदै मन्त्री गहतराजले मत मागेका थिए। तर नेपाली कांग्रेसको मत स्थानान्तरण हुन नसक्दा हार वेहोर्नु परेको माओवादीका नेता कार्यकर्ताहरुले बताउँदै आएका छन्। 

धवलको संसद् यात्रा
क्षेत्र नम्बर २ मा निवर्तमान मन्त्री एवम् जसपाका नेता मोहम्मद इश्तियाक राईलाई उछिन्दै नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख डा. धवलशमशेर राणा निर्वाचित भए। राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गर्दा जसपाका मोहम्मद इश्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरे।

नेपालगञ्ज उपमहानगरपालिकाको निवर्तमान नगर प्रमुख भएर काम गरेका ६१ वर्षीय राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री हुन्। पूर्वमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईसँग निर्वाचनमा होमिएपछि यो निर्वाचन क्षेत्रमा आम चासो बढेको थियो। 

निर्वाचन अगाडि नै टिकट सुनिश्चित हुने भन्दै निर्वाचन गतिविधि गर्दै आएका जसपाका नेता राईले हार खाए। उनले निर्वाचन क्षेत्रमा करोडौं रुपैयाँ सिध्याएको चर्चा हुने गरेको छ। मन्त्रीमा बहाल रहँदा जिल्लामा ल्याएका योजनाहरु देखाउँदै निर्वाचनमा होमिएका राईलाई गठबन्धनबाट मत प्राप्त नभएको उनका नेता कार्यकर्ताहरु बताउँछन्। 

यद्यपि नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निर्वाचन क्षेत्र मानिने नेपालगञ्जबाट डा. धवल शमशेर राणाले संसद् यात्रा सुरु गरेका छन्।  २०४९ देखि राजनीतिक यात्रा सुरु गरेका उनी राप्रपा निकट युवक संघको जिल्ला सचिव समेत बनेका थिए। तर पछि राप्रपा परित्याग गरेर एमाले प्रवेश गरे। २०५४ को स्थानीय निर्वाचनमा एमालेबाटै नेपालगञ्ज नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। 

केही समय राजनीतिमा निष्क्रिय रहेका उनी २०६३ पछि पुनः राप्रपा प्रवेश गरेका थिए। त्यसपछि राजनीतिक यात्रालाई पुनः सक्रिय बनाएका उनि २०६४ मा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा उनी राप्रपाबाटै बाँके ३ का उम्मेदवार भएका थिए। तर पराजित भएका थिए। 

किशोरसिंह राठौरले तोडे आफ्नैको घेराबन्दी  
क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भए। उनले खजुरा गाउँपालिकाका निवर्तमान अध्यक्ष किस्मत कक्षपतिलाई पराजित गरेका हुन्। राठौरले २९ हजार ४० मत प्राप्त गर्दा कक्षपतिले २४ हजार दुई सय ४७ मत पाए। 

नेकपा एमालेको पकड एरिया मानिने निर्वाचन क्षेत्र ३ मा राठौरलाई नेपाली कांग्रेसभित्रै असहयोग थियो। टुरिष्ट नेताको रुपमा उनलाई हेरिएको थियो। किशोरसिंह राठौर कर्णाली प्रदेशको सल्यान जिल्लामा जन्मिएका हुन्। शैक्षिक जीवन काठमाडौंमा बिताएका उनले राजनीतिक यात्रा विद्यार्थी जीवनबाटै सुरु गरेर नेविसंघ तथा पार्टीमा विभिन्न पद सम्हाल्दै नेपाली कांग्रेसको सहमहामन्त्रीको पदमा पुग्न सफल भए।

यसअघि समानुपातिकतर्फबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसकेका राठौर २०७४ को निर्वाचनमा कांग्रेसबाट समानुपातिक सांसदमा चयन भएका थिए। राठौरले बर्दियासँगै बाँकेको विकास–निर्माण गतिविधि र पार्टी संगठनका विषयमा योगदान पुर्‍याएका थिए। 

गत वर्ष सम्पन्न पार्टीको १४औं महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित उनलाई अहिलेको आमनिर्वाचनमा नेपाली कांग्रेसले बाँके क्षेत्र नं ३ बाट अवसर प्रदान गरेको हो।

प्रकाशित: Nov 27, 2022| 15:35 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।