धनगढी- पश्चिम तराईका थारू समुदायले प्रमुख सांस्कृतिक तथा सामाजिक पर्वको रुपमा रहेको अटवारी पर्व आज मनाउँदै छन्।
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायमा अटवारीको रौनकता छाएको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीपछिको दोस्रो आईतबार र कुशेऔंसी पछिको पहिलो आईतबारका दिन अटवारी पर्व मनाउने गरिन्छ। प्रदेश सातको सरकारले अटवारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ।
अटवारी मुलतः थारु समुदायका पुरुषले मनाउने पर्व हो। तर, थारु समुदायका महिला पनि अटवारी व्रत बस्ने प्रेम चौधरी बताउँछन्। थारु समुदायको यो माघीपछिको दोस्रो प्रमुख सांस्कृतिक, सामाजिक पर्वको रुपमा लिईन्छ।
अटवारीको अघिल्लो दिन अर्थात् शनिबार मध्य रातीमा दर खाएर यो पर्व सुरु हुन्छ। आइतबार ब्रत बस्ने गरिन्छ। साँझ प्रत्येकले आफ्नो घरको छुट्टै कोठा लिपपोत गरेर चोखो रूपमा रोटी, पूरी पकाएर अटवारी पुजा गर्ने गर्दछन्।
अटवारी पुजामा रोटी, काँक्रो, दही, केरा, बेलौटी लगायतका अग्रासन झिकेर पूजा गरिन्छ। त्यसको भोलिपल्ट बिहान पाँच अथवा सात प्रकारका गेडागुडीयुक्त तरकारी र भातको फरहार गरिन्छ। प्रदेश सरकारले सार्वजनिक विदा दिएकाले प्राय थारु समयका मानिसहरु अटवारी पर्व मनाउनमा व्यस्त छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४