मंगलबार, फागुन १९, २०८२

'जहाँ मेस्सी छन्, त्यहाँ आशा जीवितै हुन्छ'

जहाँ मेस्सी हुनेछन् त्यहाँ आशा जीवितै हुन्छ। उनको अहिलेसम्मको कलाले कम्तिमा पनि यो भन्छ कि मेस्सी हुनु उपाधिको आशा गर्न लायक हुनेछ। शनिबार भयो पनि त्यस्तै।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं– अर्जेन्टिनालाई थाहा थियो अब पनि जित निकाल्न नसके विश्वकपबाट बाहिरिनु पर्नेछ। तर अर्जेन्टिनी समर्थक र त्यहाँका कप्तान मेस्सीलाई रुचाउनेहरु त्यो चाहँदैनथे। त्यसैले शनिबार रातिको खेल अर्जेन्टिनालाई जसरी पनि जित्नैपर्ने थियो। र, मेस्सीको गोलले अग्रता बनाएर उसले जित पनि निकाल्यो।

‘हामीले यो समयमै गिभअप गर्न सक्ने थिएनौं,’ खेलपछि लियोनेल मेस्सीले भनेका छन्, ‘हामीसँग अब सबै फाइनलसरहका खेलहरु बाँकी छन्। त्यसैले हामीले गल्ती गर्न हुँदैन। हामीलाई एउटा कुरा थाहा छ कि हामीले जित निकाल्नु पर्नेछ। यो अर्को विश्वकपको सुरुआत हो र हामीले कसरी खेल्ने भनेर थाहा पाइसकेका छौं।’

हो, जहाँ मेस्सी हुनेछन् त्यहाँ आशा जीवितै हुन्छ। उनको अहिलेसम्मको कलाले कम्तिमा पनि यो भन्छ कि मेस्सी हुनु उपाधिको आशा गर्न लायक हुनेछ। शनिबार भयो पनि त्यस्तै। पहिलो हाफसम्म खेल गोलरहित बराबरीमा थियो। घडीले ६४ मिनेट भएको संकेत दिइसकेको थियो। खेलका सबै पासमा समर्थक गोल खोजिरहेकै थिए। ती सबै पासमा अर्जेन्टिनालाई गोल गर्ने दबाब बढिरहेको हुन्थ्यो। अनि मेस्सीलाई थाहा थियो कि यो खेलमा कुनै पनि अर्जेन्टिनी खेलाडी फेल भए भने त्यो मेस्सीको फेलको रुपमा बयान गरिनेवाला थियो।

त्यसैले मेस्सीले एन्जल डि मारियाले दिएको पासबाट बल नियन्त्रणमा लिए र २५ यार्ड बक्सको मार्जिनबाट उनले हिर्काए। बल सिधै पोस्टको जालीको सम्पर्कमा पुग्यो। त्यो गोलले हजारौं विपक्षी समर्थकको आशा धुमिल बनाएको थियो।

अहिले मेस्सीलाई थाहा छ यो उनको अन्तिम विश्वकप हो। उनका लागि यो नै अन्तिम एलिट प्रतियोगिता हुँदैछ। त्यसैले अब उपाधि जम्मा गर्ने समय पनि धेरै छैन। विजेता हुनु छ। किनभने उनले सन् २०१४ को विश्वकपको फाइनलमा जर्मनीसँग दुस्खी तुल्याउने हार बेहोरेका थिए। चिलीसँग पेनाल्टीमा हार बेहोरेपछि उनले संन्यास नै घोषणा गरे। पछि त्यो फिर्ता लिए र त उनी खेलिरहेका छन्।

kumari

प्रकाशित: Nov 27, 2022| 12:00 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।