काठमाडौं- जिल्ला प्रहरी कार्यालय दाङले अमेरिकन पेस्तोलसहित विरबहादुर चौधरीलाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालीका-१३ स्थित बडहरा बस्ने विरबहादुरलाई तुल्सीपुरबाट पक्राउ गरेको हो।
विशेष सुराँकीको आधारमा पक्राउ परेका चौधरी गुण्डागर्दीमा संलग्न रहेका र हतियार देखाई धाकधम्की दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरी शर्माले जनाएका छन्।
चौधरीको साथबाट अटोमेटिक पेश्तोल 'मेड इन युएसए' लेखिएको ७.६५ क्यालीभरको पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागजिन एक थान र चार राउण्ड गोली तथा उनले प्रयोग गर्दै आएको रा ४ प २४६६ नम्बरको २२० सिसी पल्सर मोटरसाईकल बरामत भएको जनाईएको छ।
प्रहरीमा जागीर लगाई दिने भन्दै विभिन्न मानिसलाई ठगि गर्ने दोलखा भिमेश्वर नगरपालीका-१ का ५० वर्षिय काली बहादुर लामालाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ। सल्यान सारदा नगरपालीका-३ बस्ने २० वर्षिय गणेश भण्डारीलाई दुई लाख पचास हजार ठगी गरेको उजुरीको आधारमा लामा पक्राउ परेका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४