आइतबार, वैशाख १६, २०८१

विश्वकप फुटबलमा आज चार खेल हुँदै

आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं- विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ।

triton college

दोस्रो खेलमा बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ६:४५ बजे सुरु हुनेछ।आइतबारको तेस्रो खेलमा क्रोएशिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल राति ९:४५ बजे सुरु हुनेछ। आइतबारको अन्तिम अर्थात् चौंथो खेल भने मध्यराति १२:४५ मा हुनेछ। यो खेलमा स्पेन र जर्मनीबीच प्रतिस्पर्धा हुनेछ। समूह चरणमै स्पेन र जर्मनीको भेटलाई महत्त्वका साथ हेरिएको छ।

शनिबारसमेत चार खेल भएका थिए। पहिलो खेलमा अस्ट्रेलिया लिया विजयी भएको थियो छ। अष्ट्रेलियाले ट्युनिसियालाई १-० गोलले पराजित गरेको हो। शनिबारको दोस्रो खेलमा पोल्याण्ड विजयी भएको छ। साउदी अरबलाई २-० गोलले पराजित गर्दै पोल्याण्ड विजयी भएको हो।

तेस्रो खेलमा फ्रान्सले डेनमार्कलाई २-१ गोलले हराएको छ। शनिबार राति नै भएको अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ। लुसेल रङ्गशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिकोलाई २-० गोलले पराजित गरेको हो।

प्रकाशित: Nov 27, 2022| 09:10 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।