शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्याकाण्ड : प्रहरीमाथि छानविन गर्न डीआर्इजी बस्न्यात नेतृत्वको समिति गठन

निर्मला हत्याकाण्ड : प्रहरीमाथि छानविन गर्न डीआर्इजी बस्न्यात नेतृत्वको समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ कि १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कापछि गरिएको हत्या प्रकरणमा प्रहरी अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारी र तल्लो तहका सदस्यको संलग्नताबारे छानबिन गर्न डीआइजी धिरु बस्न्यातको नेतृत्वमा समिति गठन गरिएको छ।

डीआइजी बस्न्यात केही दिन अघिमात्रै एआइजीको बढुवाका थिए। टोलीमा बस्न्यातसँगै एसएसपी उत्तमकुमार सुवेदी, निरज शाहीलगायत ९ जना छन्। 

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, ‘पुरानै टोलीको दायरा फराकिलो पारिएको हो। यसले अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारीको भूमिकाको अध्ययन गर्नेछ।’यसअघि भदौ १५ गते एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो। 

गृह मन्त्रालयले अनुसन्धानमा संग्लन ५ जना प्रहरी अधिकृतलाई शनिबारमात्रै निलम्बन गरेपछि प्रहरी प्रधान कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ। नयाँ टोलीले अनुसन्धानमा संलग्न निलम्बनमा परेका र अन्य प्रहरीलाई काठमाडौं झिकाएर बयान लिने र भूमिकाबारे अध्ययन सुरु गरिएको प्रवक्ता थापाले बताए। 

निर्मला बलात्कार र हत्यामा संग्लन भन्दै मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका दिलिपसिंह विष्टको डिएनए नमिलेपछि प्रहरी अधिकारीको भूमिका शंकास्पद बनेको थियो। नक्कली अभियुक्तको रुपमा दिलिपलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको थियो। 

गृह मन्त्रालयले शनिबार केन्द्रीय अनुसन्धान व्युरोबाट खटिएका डिएसपी अंगुर जिसी, कञ्चनपुर प्रहरीका तत्कालीन डिएसपी ज्ञानबहादुर सेटी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर जगदीश भट्ट, कञ्चनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्सपेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका सई रामसिंह धामीलार्इ निलम्बन गरेको हो। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट भने यसअघि नै निलम्बनमा परिसकेका थिए।

निलम्बित एसपी विस्ट, उनका छोरा आयुष विस्ट र भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिस्टका भतिजा किरण बिस्टको नमुना संकलन गरी डिएनए परीक्षणका लागि पठाइसकेको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।