शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी घुसकाण्डपछि फेरियो नेतृत्व: कोटेश्वरमा एलिना गिरी र काँडाघारीमा सुधिर रार्इ

प्रहरी घुसकाण्डपछि फेरियो नेतृत्व: कोटेश्वरमा एलिना गिरी र काँडाघारीमा सुधिर रार्इ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- महानगरीय प्रहरी परिसर काठमाडौंले कोटेश्वर र काँडाघारी प्रहरी प्रभागमा शनिबार भएको घुसकाण्डपछि दुवै प्रभागमा नेतृत्व परिवर्तन गरेको छ। 

दुवै प्रभागका प्रहरी निरीक्षकलार्इ भ्रष्टचारमा संलग्न भएको शनिबार राति नै प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष निर्देशनमा नेतृत्व परिवर्तन गरेको हो। 

प्रहरी मुख्यालयले शनिबार राति नै महानगरीय प्रहरी प्रभाग कोटेश्‍वरमा प्रहरी निरीक्षक एलिजा गिरीलाई खटाएको छ। निरीक्षक गिरीले आइतबार बिहानदेखि कमाण्ड सम्हालेकी छन्। इञ्चार्जको रुपमा यो नै गिरीको पहिलो पोस्टिङ हो। यसअघि महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेमा केही महिना उनी कार्यरत थिइन् । 

त्यसैगरी महानगरीय प्रहरी प्रभाग काँडाघारीका हरि ओझा पनि तानिएका छन्। उनको स्थानमा इन्स्पेक्टर सुधीर राईलार्इ जिम्मेवारी दिइएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दुवै प्रभागमा कार्यरत सबै प्रहरी परिवर्तन गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

मनोहरा खोलाको बालुवा निकाल्न सेटिङ मिलाउने भन्दै ठेकेदारसँग घुस लिंदै गर्दा विभिन्न स्थानबाट नौ जना प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको थियो। 

अख्‍तियारीको टोलीले महानगरीय प्रहरी परिसर काँडाघारीका प्रहरी सहायक निरीक्षक (असई)  गोपाल श्रेष्ठ ३० हजार घुससहित, प्रहरी जवान मुकेस प्रसाद पटेल पाँचहजार सहित तिनकुनेस्थित लुम्बीनी भोजनालयबाट पक्राउ गरेको थियो। 

महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरका प्रहरी सहायक निरिक्षक सुवास ढङ्गाना ४० हजार घुससहित र हवल्दार दिपक भारती पाँच हजार घुससहित पेप्सीकोलास्थित उदयपुरे सेकुवा घरबाट, महानगरीय प्रहरी परिसर काँडाघारीका प्रहरी हवल्दार उमेश कुमार यादव पाँच हजारसहित, रामेश्वर मिष्ठान भण्डार पेप्सीकोलाबाट प्रहरी जवान अमन चौधरी पाँच हजारसहित पक्राउ परेका थिए। 

काँडाघारीका प्रहरी जवान दिपक कुवँरलाई पाँच हजार नगदसहित पेप्सीकोलबाट पक्राउ गरेको थियो। काँडाघारीस्थित प्रहरी प्रभागका प्रहरी जवान मानसिंह रोकार रत्न प्रसाद रिजाल जनही पाँच हजारसहित पेप्सीकोलास्थीत आरती ममबाट पक्राउ परेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।