बुधबार, असार १०, २०८३

डेनमार्कविरुद्ध फ्रान्सको जित

शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो।
 |  आइतबार, मंसिर ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ११, २०७९

काठमाडौं- केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो। 

National life

स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे। खेलमा अग्रता भने फ्रान्सले लिएको थियो। फ्रान्सका लागि खेलको ६१ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई अग्रता दिलाए। 

खेलको ६८ औं मिनेटमा आन्द्रेस क्रिस्टेसनले गोल गर्दै टिमलाई बराबरीमा ल्याए। खेलको ८६ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै टिमलाई २–१ गोलको जित दिलाए। 

जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ। फ्रान्स समूह डी को अंक तालिकाको शीर्ष स्थानमा छ। डेनमार्क भने दुई खेलबाट १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ।


Shivam cement

प्रकाशित: Nov 27, 2022| 06:57 आइतबार, मंसिर ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।