सोमबार, भदौ १५, २०८३

साउदीविरुद्ध पोल्यान्डको जित

एजुकेसन सिटी स्टेडियममा शनिबार भएको खेलमा साउदीलाई हराएपछि पोल्यान्डले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं- कतारमा जारी विश्वकप अन्तर्गत पोल्यान्डले साउदी अरेबियालाई २–० ले पराजित गरेको छ। पोल्यान्डका पियोतर जेलेन्स्की र रोबर्ट लेबन्डोस्कीको गोलमा पोल्यान्ड विजयी भएको हो। 

एजुकेसन सिटी स्टेडियममा शनिबार भएको खेलमा साउदीलाई हराएपछि पोल्यान्डले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

पहिलो खेलमा अर्जेन्टिनामाथि २–१ को अविश्वसनीय जित हात पारेको साउदीले पोल्यान्डलाई कडा चुनौती दिएको थियो। खेलको ३९औं मिनेटमा पियोतर जेलेन्स्कीले गोल गर्दै पोल्यान्डलाई १–० को अग्रता दिलाए। 

पहिलो हाफमा साउदीले पेनाल्टी पाएपनि सलेम अल दस्वारीको प्रहार गोलकिपर वज्सिक स्कुजसिनीले रोकिदिए। ८२औँ मिनेटमा साउदीका अब्दुलेलाह अल माल्कीले फुस्काएको बललाई पोल्यान्डका रोबर्ट लेबन्डोस्कीले गोलमा परिणत गरे। विश्वकप इतिहासमा उनको पहिलो गोल हो। 

जितसँगै चार अंक बनाएको पोल्यान्ड समूह 'सी'को शीर्षस्थानमा उक्लिएको छ। उसले समूहको अन्तिम खेलमा अर्जेन्टिनाको सामना गर्नेछ। साउदी तीन अंकसहित दोस्रो स्थानमा छ। 

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले आज राति नेपाली समयअनुसार १२:४५ बजे मेक्सिको विरुद्ध प्रतिस्पर्धा गर्दै छ। पहिलो खेलमा अनपेक्षित हार खाएको अर्जेन्टिना नकआउटमा प्रवेश गर्न मेक्सिकोविरुद्ध जित्नुपर्ने दबाबमा छ।

प्रकाशित: Nov 26, 2022| 22:39 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।