शनिबार, कात्तिक २९, २०८२

प्रिन्स र रशिलालाई मेयर कपको उपाधि

प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि प्रिन्स दाहाल र रशिला महर्जनले जित्न सफल भएका छन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

ललितपुर- प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधि प्रिन्स दाहाल र रशिला महर्जनले जित्न सफल भएका छन्।

National life

नेपाल ब्याडमिन्टन संघले मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबका प्रिन्सले नेपाली सेनाका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले पराजित गर्दै उपाधि हात पारेका हुन्। सेनाकी रशिलाले सेनाकै अनुमाया राईलाई १९–२१, २१–१५, २१–१८ ले पराजित गर्दै उपाधि जितिन्।

राष्ट्रिय च्याम्पियनसमेत रहेका विजयी प्रिन्स र रशिलाले नगद ४०-४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। उपविजेता महर्जन र राईले नगद २०-२० हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

पुरुषतर्फ कास्कीका विधान अधिकारी र १६ फिदरका क्षितिज खनाल तथा महिलातर्फ सेनाकी प्राथना देउवा र शोभा गौचन तेश्रो भए। तेश्रो भएबापत उनीहरुले नगद १०-१० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग र ललितपुर महानगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको पुरुष युगल उच्च २० वरीयताबाहेकको भिडन्तमा कास्कीका विधान अधिकारी र सेनाका पविन लिनथेपको जोडीले ललितपुरका दिपेश शाक्य र सुमन शाक्यको जोडीलाई २१–१२, २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते। तेश्रो स्थानमा १६ फिदरका क्षितिज खनाल र अमन महर्जनको जोडी तथा पाँचथरका एसिया जबेगु र दिवस शंकरको जोडी रहे।

Laxmi sunrise bank
kumari

पुरुष युगल तर्फका शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीहरुले क्रमशः प्रमाणपत्र, मेडल र ट्रफीका साथै नगद ४० हजार, २० हजार र १० हजार प्राप्त गर्ने छन् ।

ललितपुर बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको यु १७ छात्र एकल तर्फ सेनाका कवीर के.सी. र छात्रा तर्फ सेनाकै रिहाना शेरचनले उपाधि जिते। कवीरले सेनाकै अनिल मल्ललाई २१–१०, २१–१३ ले तथा रिहानाले कैलालीका रञ्जु रानालाई २१–८, २१–१७ ले पराजित गर्दै उपाधि जितेका हुन्। तेश्रो स्थानमा पुरुषतर्फ कैलालीका रोशन साउद र शुभकामना युवा क्लबका सनौला रैनी तथा महिलातर्फ सेनाकी संमृद्धि श्रेष्ठ र ललितपुरका श्रेया बज्राचार्य थिए।

शिर्ष तीन स्थानमा रहेका खेलाडीहरुले क्रमश २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

भेट्रान्स ४५ वर्षमाथिको प्रतियोगितामा कास्कीका राजेश गुरुङ्ग र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे। उक्त जोडीले किर्तिपुर ब्याडमिन्टन क्लबका काजी कार्की र राजु महर्जनको जोडीलाई २१–११, २१–१६ ले पराजित गर्दै भेट्रान्सको उपाधी आफ्नो नाममा लेखाए। तेश्रो स्थानमा कालिका ब्याडमिन्ट क्लबका राम के.सी. र हरि खत्रीको जोडी तथा गठ्ठाघर स्पोर्टस् हाउसका डेन लामा र राकेश थापाको जोडी रहे।

शीर्ष तीन स्थानमा रहेका जोडीले क्रमश: २० हजार, १० हजार र ५ हजारका साथै मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

विजयी खेलाडीलाई ललितपुर-२ (ख) बाट नवनिर्वाचित बागमती प्रदेश सांसद रामकृष्ण चित्रकार, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए। 

प्रकाशित: Nov 26, 2022| 20:09 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।