आइतबार, वैशाख १३, २०८३

पहिलो अभ्यास खेल हारेको नेपाल दोस्रोमा विजयी

नयाँदिल्लीको रणजी ट्रफी खेल्ने डीडीसीएसँग खेलको दोस्रो अभ्यास खेलमा जित हात पारेको हो।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं– भारतको नयाँदिल्लीमा पहिलो अभ्यास खेलमा पराजय व्यहोरेको नेपाली क्रिकेट टोलीले दोस्रो खेलमा जित हात पारेको छ। नयाँदिल्लीको रणजी ट्रफी खेल्ने डीडीसीएसँग खेलको दोस्रो अभ्यास खेलमा जित हात पारेको हो। 

National life

अभ्यास खेलको पहिलो खेलमा नेपालले २ विकेटको हार व्यहोरे पनि दोस्रो खेलमा नेपालले जित निकालेको छ। अरुण जेट्ली मैदानमा भएको खेलमा डीडीसीएले १५९ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफमा नेपालले २८.२ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गरेको हो। नेपालका लागि ज्ञानेन्द्रलले अविजित ४८ रन बनाए। सौरभ ढकालले ५ विकेट लिएका थिए। आजको खेलमा भारतीय टिम ४० ओभर ५ बलमा सबै विकेट गुमाएर १५८ रनमा समेटिएको थियो।

पहिलो अभ्यास खेलमा नेपालले भारतीय टिमलाई ३०४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा तीन बल बाँकी रहँदै भारतीय टिम डीडीसीएले ८ विकेट गुमाएर पूरा गरेको थियो। पहिलो खेलमा नेपालका दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले सतक प्रहार गरेका थिए। 

नेपाल आइतबार राति मुम्बई जानेछ। मुम्बईबाट इथियोपिया हुँदै नेपाली टिम लिग-२ को खेलका लागि नामिबिया प्रस्थान गर्नेछ।

kumari

प्रकाशित: Nov 26, 2022| 19:57 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।