काठमाडौं– कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह 'डी'को दोस्रो चरणको खेलमा अस्ट्रेलियाले पहिलो नित निकालेको छ। पहिलो खेलमा फ्रान्ससँग ४–१ को हार व्यहोरेको अस्ट्रेलियाले दोस्रो खेलमा १–० को जित निकालेको हो।
यता पहिलो खेलमा डेनमार्कलाई पहिलो खेलमा १–१ को बराबरीमा रोकेको भए पनि दोस्रो खेलमा भने हार व्यहोरेको छ।
अस्ट्रेलियाका लागि खेलको २३औं मिनेटमा मिचेल डुकेले हेडमार्फत गोल गरेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन।
ट्युनिसियाले अस्ट्रेलियाको पोस्टतर्फ १४ प्रहार गरे पनि उसका सबै प्रयास विफल भए। समूह 'डी' अन्तर्गत आजै फ्रान्सले डेनमार्कको सामना गर्दैछ।