आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसको मतप्रति लक्षित गर्दै ओलीले भने- अस्वाभाविक वृद्धि हुन थाल्यो

नेकपा एसको मतप्रति लक्षित गर्दै ओलीले भने- अस्वाभाविक वृद्धि हुन थाल्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई आएको मतबारे आशंका व्यक्त गरेका छन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई आएको मतबारे आशंका व्यक्त गरेका छन्। उक्त पार्टीको समानुपातिक मतको वृद्धिदर अस्वाभाविक देखिएको ओलीको आरोप छ। 

National life

एकीकृत समाजवादीको समानुपातिक मतको वृद्धिदरलाई संकेत गर्दै ओलीले सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा अस्वभाविक वृद्धि देखिन थालेका आरोप लगाएका हुन्।

'सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुन सक्छ,’ आफ्नो आधिकारिक फेसबुक पेजमा ओलीले लेखेका छन्, 'जिल्ला-जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस्।’

मतगणनामा प्रतिनिधि बसेका आफ्ना कार्यकर्तालाई मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको म्यासेज बक्समा पठाउनसमेत ओलीको अनुरोध छ।

प्रकाशित: Nov 26, 2022| 19:43 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...