शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भुटानी प्रधानमन्त्री तोब्गेको पार्टी पहिलो चरणबाटै बाहिरियो

भुटानी प्रधानमन्त्री तोब्गेको पार्टी पहिलो चरणबाटै बाहिरियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
थिम्पु- भुटानका निवर्तमान प्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) पहिलो चरणको आम निर्वाचनबाटै बाहिरिएको छ।

उनको पार्टीले आगामी १८ अक्टोबरमा हुने दोस्रो चरणको निर्वाचनमा भाग लिन पाउने छैन। दोस्रो चरणमा डा. लोटे छिरिङ नेतृत्वको ड्रुक न्याम्रुप छोक्पा (डीएनटी) र पेमा गाम्छो नेतृत्वको ड्रुक फुन्सुम छोक्पा (डीपीटी)ले मात्र प्रतिस्पर्धा गर्न पाउने छन्।

पहिलो चरणमा डीएनटीले सबैभन्दा बढी मत बटुलेको छ। आश्चर्यजनक मत परिणामप्रति प्रतिक्रिया दिँदै निवर्तमान प्रधानमन्त्री तोब्गेले जनमत स्वीकार गर्ने बताए। ‘पिपल्स डेमोक्रेटिक पार्टी जनताको फैसलालाई हार्दिकतापूर्वक स्वीकार गर्छ,’ अमेरिकाको हार्बर्ड विश्वविद्यालयबाट दीक्षित नेता तोब्गेले भने, ‘लोकतन्त्रमा जनताको इच्छा महत्वपूर्ण हुनुपर्छ।’

उनको कार्यकालमा भुटान र भारतको सम्बन्ध राम्रो देखिएको थियो। गत वर्ष भुटान–चीन सीमामा भारत र चीनका सेना आमनेसामने भएको घटनालाई तोब्गेले कुशलतापूर्वक समाधानको दिशा दिएका थिए।

यसअघिका भुटानी प्रधानमन्त्री जिग्मे वाई थिन्ले पनि सन् २०१३ मा भएको आम निर्वाचनमा यसैगरी बढारिएका थिए। निर्वाचनमा लज्जास्पद पराजयपछि थिन्लेले ड्रुक फुन्सुम छोक्पा (डीपीटी)को नेतृत्वबाट पनि अवकाश लिएका थिए।

९ सेप्टेम्बरमा ट्विटरमा एक तस्बिर पोस्ट गर्दै तोब्गेले लेखेका छन्, ‘सर वाल्टर रालिगको जस्तो त होइन तर एक मानिसलाई आफ्नी धर्मपत्नीका पैताला सफा राख्न के के गर्नुपर्छ।’ तस्बिरमा उनी आफ्नी पत्नी टासी डोमालाई बुई बोकेर हिलो बाटोमा कतै गइरहेको देखिन्छ। उनले उपमा दिएका सर वाल्टर रालिग बेलायती भलादमी, लेखक, कवि, सैनिक, राजनीतिज्ञ, दरबारका भक्त, जासुस र अन्वेषक थिए। एकै व्यक्तिको धेरै भूमिकाका कारण आफ्नो आगामी जीवन यात्रा पत्नी र परिवारका बीच बिताउने संकेत गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।