आइतबार, वैशाख १६, २०८१

विश्वकपमा आज चार खेल : अर्जेन्टिना मेक्सिको विरुद्ध खेल्दै

कतारमा जारी फिफा विश्वकपमा आज दोस्रो चरणका चार खेल हुदैछन्।
 |  शनिबार, मंसिर १०, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १०, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा आज दोस्रो चरणका चार खेल हुदैछन्।

triton college

आज हुने पहिलो खेल समूह डी को ट्युनिसियाले अष्ट्रेलियाविरुद्ध दिउँसो ३:४५ मा अल जनाव रंगशालामा खेल्ने छ। पहिलो खेलमा फ्रान्ससँग पराजित भएको अष्ट्रेलिया अन्तिम १६ मा पुग्ने आशा जीवितै राख्न पहिलो जितको खोजिमा हुनेछ। त्यस्तै पहिलो खेल बराबरी खेलेको ट्युनिसिया पनि पहिलो जितको खोजिमा हुनेछ।

त्यस्तै दोस्रो खेलमा समूह सी अन्तर्गत पोल्यान्डले साउदीअरबीयाविरुद्ध खेल्दैछ। यो खेल बेलुकी ६:४५ एडुकेसन सिटीको रंगशालामा हुनेछ। अर्जेन्टिनालाई पराजित गरेर शानदार सुरुवात गरेको साउदी पोलुयान्डविरुद्ध पनि सोही नतिजाको लक्ष्यमा हुनेछ। यदी यो खेल जिते साउदी एक खेल अगावै अन्तिम १६ मा पुग्न सक्छ। उता पोल्यान्डलाई भने आजको खेल जित्नै पर्ने दबाब छ। पहिलो खेल बराबरी खेलेको पोल्यान्ड साउदीको रवाफ तोड्ने लक्ष्यमा छ।

तेस्रो खेलमा समूह डी अनतर्गत फ्रान्स र डेनमार्क भिड्दै छन्। खेल ९:४५ बजे ९७४ रंगशालामा हुनेछ। पहिलो खेलमा शानदार जित निकालेको साविक विजेता फ्रान्स लगातार जित निकाल्दै एक खेल अगाडी नै अन्तिम १६ मा स्थान बनाउन चाहान्छ। उता पहिलो खेल बराबरी गरेको डेनमार्क अन्तिम १६ मा पुग्ने आशा जोगाउन यो खेल जित्नैपर्ने दबाबमा हुनेछ।

अन्तिम खेलमा समूह सी को अर्जेन्टिनाले मेक्सिको विरुद्ध खेल्दैछ। खेल राति १२:४५ मा लुसेल रंगशालमा खेल्नेछ। पहिलो खेलमा साउदी अरबीयमासँग अप्रत्यासित रूपमा पराजित भएको अर्जेन्टिना अन्तिम १६ मा पुग्नका लागी मेक्सिकोफ विरुद्ध जित्नै पर्ने दबाबमा रहेको छ। उता मेक्सिकोले पोल्यान्ड विरुद्धको पहिलो खेल गोल रहित बराबरि खेलेर अंक बाडेको थियो।

corrent noodles
Metro Mart

प्रकाशित: Nov 26, 2022| 07:04 शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।