शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपमा अफ्रिकी च्याम्पियनको पहिलो जित, आयोजकको लगातार दोस्रो हार

विश्वकपमा अफ्रिकी च्याम्पियनको पहिलो जित, आयोजकको लगातार दोस्रो हार

अफ्रिकी च्याम्पियन सेनेगलको जितका लागि बुलाये दियेले ४१औँ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसको केही समय नबित्दै ४८औँ मिनेटमा फाम्रा दिदेले टिमका लागि दोस्रो गोल गरे।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपको दोस्रो चरणको दोस्रो खेलमा समूह 'ए'को सेनेगलले पहिलो जित निकालेको छ। सेनेगलले आयोजक कतारविरुद्ध ३-१ गोल अन्तरको जित निकालेको हो। 

National life

अफ्रिकी च्याम्पियन सेनेगलको जितका लागि बुलाये दियेले ४१औँ मिनेटमा पहिलो गोल गर्दै सुरुवाती अग्रता दिलाए। त्यसको केही समय नबित्दै ४८औँ मिनेटमा फाम्रा दिदेले टिमका लागि दोस्रो गोल गरे। 

खेलको ७८औँ मिनेटमा कतारका मोहमद मोन्तरीले गोल फर्काउदै खेललाई २-१ को स्थितिमा पुर्‍याए। तर सेनेगलका बाम्बा डिङले खेलको ८४औँ मिनेटमा गोल थप्दै टिमलाई ३-१ बो बलियो स्थितिमा पुर्‍याए।

सेनेगल पहिलो खेलमा नेदरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको थियो। त्यस्तै आयोजक कतारको यो लगातार दोस्रो हार हो। पहिलो खेलमा कतार इक्वेडरसँग २-० ले पराजित भएको थियो। 

सेनेगलसँगको पराजयसँगै कतारको अन्तिम १६ मा पुग्ने सम्भावना कम बनेको छ। कतारसँगको खेल जितेसँगै सेनेगलले भने अन्तिम-१६ को आशा केही बढाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 25, 2022| 20:51 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।