आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देउवा र पौडेललाई विश्राम लिन भन्छु, प्रधानमन्त्रीका लागि म अघि बढेँ : गगन थापा

देउवा र पौडेललाई विश्राम लिन भन्छु, प्रधानमन्त्रीका लागि म अघि बढेँ : गगन थापा

थापाले थपे, ‘उहाँहरू अब ढुक्क भएर बस्दा हुन्छ। म सभापति र वरिष्ठ नेतालाई भेटेर तपाईंहरू विश्राम गरिदिनुस् भन्छु।’
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं- काठमाडौं-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई विश्राम लिन आग्रह गर्न बताएका छन्। नेपाली कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिने बताइरहेका थापाले संसदीय दलको नेतामा चुनिनका लागि आफूलाई सहयोग गर्न आग्रह गर्ने बताएका हुन्। 

National life

काठमाडौंमा आयोजित एक कार्यक्रममा बिहीबार पत्रकारसँग कुराकानी गर्दै थापाले आफू संसदीय दलको नेताका लागि तयारी गरिरहेको र प्रधानमन्त्री बन्नका लागि अघि बढेको बताएका थिए। कांग्रेसमा आफूहरू सरकार चलाउन तयार भइसकेकोले सभापतिलगायत नेतालाई दुख गरिरहनुपर्ने बाध्यता नरहेको उल्लेख गरे। 

‘कांग्रेसले सरकार चलाउँदै गर्दा उहाँहरू (सभापति देउवालगायत)ले नै सरकार चलाउनुपर्ने बाध्यता छैन। हामीहरू तयार भइसक्यौं,’ थापाले थपे, ‘उहाँहरू अब ढुक्क भएर बस्दा हुन्छ। म सभापति र वरिष्ठ नेतालाई भेटेर तपाईंहरू विश्राम गरिदिनुस् भन्छु।’

उनले पार्टीको आन्तरिक सन्तुलन मिलाउन नवनिर्वाचित सांसदहरू विभिन्न गुटमा लाग्न नहुने समेत उल्लेख गरे। ‘मतपरिणामको सन्देशलाई साथीहरू (सांसद) ले बेवास्ता गर्नु हुन्न। संख्या गन्दा अहिले संसदीय दलको नेता चुनिन मलाई प्रतिकूल होला। तर कांग्रेसले अब सरकारमा नयाँ अनुहार दिन सकेन भने नयाँ पुस्तालाई आकर्षित गरिराख्न सक्छ?,’ उनको प्रश्न थियो। 

उनले अब आफू प्रधानमन्त्रीका लागि अघि बढेको र त्यसका लागि सुरुमा शेखर कोइरालासँग छलफल गर्ने उल्लेख गरे। यसका साथै देउवा, पौडेल, पार्टीका नेता र चुनिएर आउने सांसदहरूसँग पनि सल्लाह गर्ने र साथ जुटाउने उल्लेख गरे। 

Shivam cement

थापा सांसदमा निर्वाचित भएपछि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आफूले उनलाई संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि प्रस्तावक बन्ने बताइसकेका छन्। 

प्रकाशित: Nov 25, 2022| 20:38 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...