आइतबार, जेठ ३१, २०८३

दाजुभाइ नै सांसद निर्वाचित

रुपन्देही-२ 'ख' बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ र पाल्पा-१ 'क'बाट निर्वाचित राजु प्रसाद श्रेष्ठ सहोदर दाजुभाइ हुन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

पाल्पा- मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा पाल्पाका एकै परिवारका दाजुभाइ निर्वाचित भएका छन्। रुपन्देही-२ 'ख' बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ र पाल्पा-१ 'क'बाट निर्वाचित राजु प्रसाद श्रेष्ठ सहोदर दाजुभाइ हुन्। दुवै जना नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।

National life

रुपन्देहीबाट निर्वाचित भोजले नेकपा माओवादी केन्द्रका उम्मेदवार वामदेव क्षेत्रीलाई पराजित गरेर निर्वाचित भए। भोजले १६ हजार ३ सय मत पाउँदा क्षेत्रीले ९ हजार ४१० मत पाए। पाल्पा-१ 'क'बाट निर्वाचित राजुले १७ हजार ६४२ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत पाए।

भोजप्रसाद २०५४ सालमा बुटवल नगरपालिकाको नगरप्रमुख भएका थिए। राजु पनि २०७४ मा रामपुर नगरपालिकामा नगरप्रमुखमा पराजित भएका थिए। यसपटक दाजुभाइ नै सांसद निर्वाचित भए।

भोज यसअघि पनि सांसद बनेका थिए। उनी लुम्बिनी सरकारमा मन्त्रीसमेत भए। 

प्रकाशित: Nov 25, 2022| 20:22 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...