शुक्रबार, मंसिर १२, २०८२

रुपन्देही-२ को मतगणना रोकियो

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

रुपन्देहीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना रोकिएको छ। निर्वाचनपछि मुचुल्कामा रहेको मतपत्रभन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन लगायतका दलहरूले विरोध गरेपछि मतगणना रोकिएको हो। 

National life

उनीहरूले पुनः मतदानको माग गर्दै मतदानस्थल बुटवल उपमहानगरपालिकाभन्दा बाहिर नाराबाजी गरेका छन्। ८० हजारभन्दा बढी मत खसेको सो क्षेत्रमा करिब ६ हजार मत गन्न बाँकी छ। 

सत्ता गठबन्धनमा आवद्ध दलले पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन्। निर्वाचन अधिकृतको कार्यालयले भने कम्प्युटरमा प्रविष्ट गर्दा मात्रै फरक परेकाले सच्चाइएकाले जनाएको छ। 

रुपन्देही २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल दोस्रो स्थानमा छन्। 

प्रकाशित: Nov 25, 2022| 16:12 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।