शुक्रबार, मंसिर १२, २०८२

प्रदीप ज्ञवालीलाई हराउँदै चन्द्र भण्डारी निर्वाचित

गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन्। उनले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– गुल्मी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी विजयी भएका छन्। उनले एमालेका प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन्।

यसअघि २०७४ सालको निर्वाचनमा गुल्मी–१ मा भण्डारी ज्ञवालीसँगै झन्डै ७ हजार मतले पराजित भएका थिए। आज सम्पन्न मतपरिणामअनुसार भण्डारीले ३२ हजार २ सय २७ मत ल्याएका छन् भने ज्ञवालीले ३० हजार ९ सय ३५ मत ल्याएका छन्।

एमालेका उपमहासचिवसमेत रहेका ज्ञवालीले सामाजिक सञ्जालमार्फत हार स्वीकार्दै मतदातालाई धन्यवाद दिएका छन्। उनले लेखेका छन्, 'अथक प्रयाशका बाबजुद हाम्रो अभियान सफल हुन सकेन। तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु। प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु। कहाँ कमीहरु रहन गए, समयक्रममा समीक्षा हुने नै छ।'  साथै उनले निर्वाचित भएका भण्डारीलाई बधाई पनि दिएका छन्।

प्रकाशित: Nov 25, 2022| 12:51 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।