शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपमा पोर्चुगल र स्विटजरल्यान्डको जित, कोरिया र उरुग्वेको बराबरी

विश्वकपमा पोर्चुगल र स्विटजरल्यान्डको जित, कोरिया र उरुग्वेको बराबरी

विश्वकपको समूह एचअन्तर्गतको खेलमा पोर्चुगलले घानालाई ३–२ गोलले हराएको हो।
 |  शुक्रबार, मंसिर ९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपको गएरातिको खेलमा पोर्चुगल र स्विटजरल्यान्डले जित निकालेका छन्। विश्वकपको समूह एचअन्तर्गतको खेलमा पोर्चुगलले घानालाई ३–२ गोलले हराएको हो। खेलको पहिलो हाफसम्म गोलरहित बराबरी भएपछि पाँचै खेल दोस्रो हाफका सम्भव भएका थिए।

National life

त्यस्तै, ६४औं मिनेटमा रोनाल्डोलाई बल लिइरहेको अवस्थामा पेनाल्टी बक्सभित्र घानाका डिफेन्डरले लडाएपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीको सदुपयोग गर्दै रोनाल्डोले सुरुआति अग्रता दिलाए।

खेलको ७३औं मिनेटमा एन्ड्रिउ आयउले गोल फर्काएकापछि खेल झनै आक्रामक बनेको थियो। गोलकर्ता एन्ड्रिउलाई खेलको ७७औं मिनेटमा प्रशिक्षकले प्रतिस्थापन गरेका थिए।

त्यसपछि खेलको अर्को मिनेटमै पोर्चुगलले गोल फर्कायो। ८०औं मिनेटमा पोर्चुगलका राफेल लियाले गोल गर्दै पोर्चुगललाई ३–१ को अग्रता दिलाएका थिए।

निर्धारित समयको एक मिनेट बाकी रहँदा घानाका लागि ओसमान बुकारीले गोल गरेका थिए। यसबाहेक गोल नभएपछि पोर्चुगलले ३–२ को जितका साथ तीन अंक सुरक्षित गरेको हो।

Laxmi sunrise bank
kumari

यता सोहि समूहको अर्को खेलमा भने उरुग्वेले दक्षिण कोरियालाई गोलरहित बराबरीमा रोकेको छ। समूह 'जी' अन्तर्गतको पहिलो खेलमा भने स्विट्जरल्यान्डले क्यामरुनलाई १–० ले हराएको छ। पहिलो हाफा गोलरहित बराबरी भए पनि दोस्रो हाफको ४८औं मिनेटमा स्विट्जरल्यान्डका लागि ब्रिल एम्बोलोले गोल गरेका थिए। सोहि समूहमा ब्राजिलले सर्बियालाई २–० ले हराएको थियो। स्विट्जरल्यान्ड र ब्राजिलको समामन तीनतीन अंक छ।

प्रकाशित: Nov 25, 2022| 10:46 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।