शनिबार, कात्तिक २९, २०८२

नेयमारको मौनताले के संकेत गर्दैछ?

‘यो हाम्रो सपना पनि हो। फेरि एकपटक देशलाई विश्वकप जिताउने उनको सपना हो। उनी जित्न चाहन्छन् र हामी पनि जितको लागि आतुर छौं,' ब्राजिली फरवार्ड रिचार्लिसनले भनेका छन्
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- ब्राजिली फरवार्ड नेयमार मौन बस्न मन पराउने खेलाडी होइनन्। तर कतार विश्वकप सुरु हुनभन्दा केही समय अघिदेखि सार्वजनिक रूपमा उनी मौनप्राय: देखिन्छन्। विश्वकपको उपाधि दाबेदार टिमका नेयमार कतार ओर्लिएदेखि नै ब्राजिलका समर्थकहरू भने उनको अभिव्यक्ति कति बेला आउला भनेर उत्सुकतापूर्वक पर्खिरहेका छन्। 

National life

विश्वकपमा ब्राजिलको खेल सुरु हुने अघिल्लो दिन उनले महत्वपूर्ण वक्तव्य दिने अपेक्षा समर्थकले गरेका थिए। तर उनको अभिव्यक्ति आएन। अब त उनको बोल्ने समय पनि सकिसकेको छ। 

ब्राजिलले ५ पटक विश्वकप जितिसकेको छ। ५ पटकको विश्वविजेता बाज्रिलको जर्सीमा ५ तारा हुने नै भए। तर पछिल्लो समय नेयमारले फोटोसप गराएर ब्राजिलको जर्सीमा ६ वटा तारा राखिएको सार्वजनिक गरेका छन्। यसबाट उनको चाहना प्रष्टिएको छ; उनी यसपटक ब्राजिललाई उपाधि दिलाउन दत्तचित्त छन्। उनी मात्र होइन, नेयमारको सपनामा ब्राजिलका सबै खेलाडी साथ दिँदैछन्।

‘यो हाम्रो सपना पनि हो। फेरि एकपटक देशलाई विश्वकप जिताउने उनको सपना हो। उनी जित्न चाहन्छन् र हामी पनि जितको लागि आतुर छौं,' ब्राजिली फरवार्ड रिचार्लिसनले भनेका छन्, ‘उनी जे चाहन्छन्, त्यसलाई फत्ते गर्ने क्षमता राख्छन्। यो उनको सपना हो। नेयमार खुसी भए हामी पनि खुसी हुनेछौं। त्यो सबैभन्दा मुख्य कुरा हो।’

रिचार्लिसन युवा खेलाडी हुन्। उनले फरवार्ड लाइनमा नेयमारलाई साथ दिनेछन्। पछिल्लो समय ब्राजिलको स्क्वाडमा लगातार देखिँदै आएका छन् रिचार्लिसन्। तर पनि धेरैजसो ब्राजिली खेलाडी नेयमारको फर्ममा भर पर्ने गरेका देखिन्छन्। नेयमारको मेन्टल स्टेट कस्तो छ भन्ने कुरामा ब्राजिलको प्रदर्शन भर पर्ने गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 24, 2022| 19:45 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।