काठमाडौं- कतारमा जारी विश्वकप फुटबलका खेलमा एसियाली देशले जितिरहेका बेला एसियाका फुटबलका समर्थकलाई राहत दिने अर्को समाचार आएको छ। कोरियाली प्रशिक्षक पाउले बेन्टोले आज हुन गइरहेको उरुग्वेविरुद्धको यो संस्करणमा कोरियाको पहिलो खेलमा सन ह्युङ मिन पनि मैदानमा उत्रिने जानकारी दिएको गल्फ टाइम्सले उल्लेख गरेको छ।
आजको खेलका सनले फेसमास्क लगाएर खेल्ने उनले बताए। विश्वकपको समूह 'जी' अन्तर्गतको खेलमा दक्षिण कोरियाले उरुग्वेको सामना गर्दैछ। यस्तो सनले खेल्ने वा नखेल्ने वारे टुंगो लागिसकेको थिएन।
विश्वकप अघि चोटले सताएपछि उनले विश्वकप नै गुमाउने हुन् कि भन्ने आशंका पनि थियो। तर सनले पहिलो खेल खेल्ने भएपछि कोरियाली समर्थकलाई राहत मिलेको छ।
बायाँ आँखाको उपचारपछि उनी अभ्यासमा आएका थिए। उनको घाउ गम्भीर ठूलो नभएको बताइएको थियो। उनी टोटेनहम अट्स्परबाट च्याम्पियन्स लिगको खेलमा मार्सेसँगको खेलमा घाइते भएका थिए।