आइतबार, जेठ ३१, २०८३

देउवा र ओलीले प्रचण्डलाई दिए बधाई, मिलेर जान ओलीको प्रस्ताव

मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक भइरहेका बेला देउवाले गोरखा-२ बाट चुनाव जितेका प्रचण्डलाई फोन गरी बधाई दिएका हुन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई फोन गरेर बधाई दिएका छन्।

National life

मंसिर ४ मा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको परिणाम सार्वजनिक भइरहेका बेला देउवाले गोरखा-२ बाट चुनाव जितेका प्रचण्डलाई फोन गरी बधाई दिएका हुन्। 

प्रत्युत्तरमा प्रचण्डले पनि डडेल्धुराबाट सातौँ पटक निर्वाचित देउवालाई बधाई दिएका थिए। फोनमा उनीहरूले एकआपसमा बधाई साटासाट गरेको प्रचण्डका स्वकीय सचिवालयले जानकारी दिएको छ। 

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रचण्डलाई फोन गरी बधाई दिएका थिए। उनले मिलेर जानका लागि प्रचण्डसँग प्रस्ताव गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। प्रचण्ड सचिवालयका अनुसार ओलीले कम्युनिस्ट पार्टी मिलेर नजाँदा निर्वाचनमा धक्का लागेकोसमेत बताएका थिए।

जवाफमा प्रचण्डले ओलीकै भूमिकाका कारण छुट्टाछुट्टै स्थानमा पुग्नुपरेको बताएको उल्लेख गरिएको छ। 

Shivam cement

फोन कुराकानीमा ओली र प्रचण्डले पनि बधाई साटासाट गरेका थिए। 

प्रकाशित: Nov 24, 2022| 18:29 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...