आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हालकै संवैधानिक व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने संकल्प छ : अध्यक्ष लामिछाने

हालकै संवैधानिक व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने संकल्प छ : अध्यक्ष लामिछाने

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताएका हुन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हालकै संवैधानिक व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताएका छन्। 

National life

चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अहिलेको संविधान र व्यवस्थाभित्र रही जनताको अवस्था बदल्ने गरी काम गर्ने बताएका हुन्। 

'हाम्रो विजय देशमा परिवर्तन चाहने आम दाजुभाई तथा दिदीबहिनीको हो,' उनले भने। संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिम्मेवार दलका रुपमा अगाडि बढाउने उनको भनाइ छ। 

'मुलुक र नागरिकको हित के गर्दा हुन्छ भन्ने विषयमा जिम्मेवार भएर प्रस्तुत हुन्छौँ,' उनले भने, 'अघिल्लो पुस्तासँग भएको निराशा र हामीसँग भएको आशा एवं अपेक्षामा खरो उत्रनेछौँ।'

अहिले नै सरकारमा जाने वा नजाने भन्ने विषयमा टुङ्गो नलागेको उल्लेख गरेका उनले भने, 'पार्टीको बैठकबाट यसबारे निर्णय गर्छौं। एक सय दिनमा एक सय युवा स्वदेश फर्काउने चुनावी ऐजेन्डा कार्यान्वयनमा ल्याउने छौँ।'

Shivam cement

आम नागरिकको हितमा हुने विषयका पक्षमा आफूहरू उभिने उनको भनाइ छ। 'मैले कहीँ कतै बाटो बिराएँ भने खबरदारी गर्नुहोला, मलाई मतदान गरी विजयी गराउने सबैमा आभार व्यक्त गर्दछु,' उनले भनेका थिए।

प्रकाशित: Nov 24, 2022| 16:46 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...