शनिबार, वैशाख २७, २०८२

नर्भिक आइभिएफमा ५५ वर्षकी महिलाले जन्माइन् सन्तान

ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन्।
 |  बिहीबार, मंसिर ८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

vianetvianet

काठमाडौं- ललितपुरकी एक ५५ वर्षीया महिला टेष्टट्युब बेवी पद्दतीबाट आमा बन्न सफल भएकी छन्। नर्भिक आइभिएफ सेन्टरमा एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन्। शल्यक्रियामार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ।

triton college

‘बढ्दो उमेरमा गर्भाधारण गरी सन्तान जन्माउनु जोखिमपूर्ण मानिन्छ।’ नर्भिक आइभिएफ सेन्टरकी बरिष्ठ टेष्टट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्माले भनिन्–‘तर पनि नर्भिक आइभिएफको उच्च जोखिम व्यवस्थापन र उत्कृष्ट उपचार प्रक्रियाबाट सहजै रुपमा आइभिएफमार्फत ती महिलालाई आमा बनाउन सफल भयौं, यसमा हामी सबै खुसी छौ।’

‘३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ बर्षपछि छोराको रुपमा अर्काे सन्तान आउँदा खुसीको सीमा छैन।’–बिमलाले भनिन्। नर्भिक आइभिएफमा उपचारका लागि आएका रजक दम्पत्तिले पहिलो प्रयासमै आइभिएफ पद्दतीबाट सन्तान जन्माउन सफल भएको डा. शर्माले जानकारी दिइन्। श्रीमतीको उमेर ५५ बर्ष र श्रीमानको उमेर ६८ बर्षको छ।

नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण यो उमेरमा आइभिएफ पद्दतीबाट सन्तान जन्माउनु चुनौतीपूर्ण भएपनि आधुनिक सुविधा र दक्ष जनशक्तिका कारण सम्भव भएको डा. शर्माले बताइन्।

यसअघि पनि नर्भिक आइभिएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया काठमाण्डौकी एक महिलाले आइभिएफ पद्दतीबाट जुम्ल्याह सन्तान जन्माएकी थिइन्। ‘बढी उमेर समूहको भएका महिलालाई हामीले सुरुवातदेखि नै उच्च जोखिम समूहमा राखेर उपचार गर्छौं।’ डा. शर्माले भनिन्–‘पछिल्लो सफलताले पनि बढ्दो उमेर मात्र सन्तान प्राप्तिमा बाधक होइन भन्ने पुष्टि गरेको छ। तर सन्तान प्राप्तिको चाहना भएकाहरुले समयमै चिकित्सकसँग परामर्श गर्न जरुरी हुन्छ।’

National life insurance

प्रकाशित: Nov 24, 2022| 15:29 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्