आइतबार, जेठ ३१, २०८३

महेशलाई देउवाको त्यो चुनौती, दुर्लभको यो परिणाम!

२०७४ सालको निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेतलाई यसपालि दुर्लभले हराएपछि देउवाको त्यो चुनौतीका विषयमा पुन: चर्चा हुन थालेको छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- भक्तपुर-२ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतलाई पछि पार्दै थापाले जित निकालेका हुन्। 

National life

विजयी थापाले २४ हजार २३९ मत पाउँदा महेशले २३ हजार  २८२ मत ल्याए। यसअघि २०७४ मा महेश यही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। 

कांग्रेस महाधिवेशनका कार्यक्रम सुरु हुनुभन्दा केही दिनअघि महेशले प्रधानमन्त्री देउवालाई आफूसँग चुनाव लड्न आउन र आफूलाई जितेर देखाउन चुनौती दिएका थिए। महेशको चुनौतीलाई प्रतिचुनौती दिँदै कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवाले आगामी चुनावमा आफूलाई नभएर भक्तपुर कांग्रेस जिल्ला सभापति दुर्लभ थापालाई जितेर देखाउन चुनौती दिएका थिए।

‘महेश बस्नेतजीले मलाई चुनाव लड्न चुनौती दिएछन्। बस्नेतजीले मलाई होइन, भक्तपुरबाट हाम्रो पार्टी सभापति दुर्लभ थापालाई चुनाव हराएर देखाउनुस्,' प्रधानमन्त्री देउवाले भनेका थिए। 

२०७४ सालको निर्वाचनमा कांग्रेस नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गरेका बस्नेतलाई यसपालि दुर्लभले हराएपछि देउवाको त्यो चुनौतीका विषयमा पुन: चर्चा हुन थालेको छ।

Shivam cement

प्रकाशित: Nov 24, 2022| 15:00 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...