शनिबार, कात्तिक २९, २०८२

आफ्नै गोलकिपरसँग ठोक्किएका साउदी खेलाडीको स्वदेश लगेर उपचार

सानो देश कतारमा भइरहेको फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको दिन उसका केही खेलाडी घाइते भएका थिए।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं– सानो देश कतारमा भइरहेको फिफा विश्वकपमा साउदी अरेबियाले अर्जेन्टिनालाई हराएको दिन उसका केही खेलाडी घाइते भएका थिए। दोस्रो हाफ चलिरहँदा यासर अल शह्रानी आफ्नै टिमका गोलकिपर मोहम्मद अल आवाइससँग ठोक्किएर जोडले लडेका थिए।

National life

उनी धेरै समयसम्म उठ्न सकेनन्। उनलाई मैदानमै सामान्य उपचार गरिएको थियो। त्यसको केही समयपछि उनलाई चिकित्सकले उठाउन सके। दुई जनाको सहारामा उनी विस्तारी हिँड्दै बाहिर निस्कन सफल भएका थिए।

त्यो खेलमा उनलाई गम्भीर चोट लागेको थियो। दोहाको अस्पतालमा उचारका लागि गाह्रो परेपछि साउदी सरकारले नै उनलाई त्यही राति हेलिकप्टरमा दोहाको हमाद मेडिकल सिटी अस्पतालबाट रियाद पुर्याइएको थियो।

रियाद पुर्याइएका खेलाडीको शल्यक्रिया आज सम्पन्न भएको साउदी अरेबियाको फुटबल संघले जानकारी दिएको छ। उनको अनुहार गोलकिपर मोहम्मदको खुट्टासँग जुध्न पुगेको थियो।

उनको तल्लोपट्टीको दाँत रहेको हड्डी भाँचिएको छ। त्यसका कारण उनको अनुहारमा आन्तरिक रक्तश्राव पनि भएको थियो। यसैकारण उनको चाँडै शल्यक्रिया गर्नुपरेको थियो। उनको शल्यक्रिया नेसनल गार्ड अस्पतालमा भएको थियो।

Laxmi sunrise bank
kumari

त्यो खेलमा साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध २–१ को ऐतिहासिक जित निकालेको थियो। त्यो जितपछि साउदीले स्वदेशमा एक दिनको सार्वजनिक बिदा दिएको थियो भने खेलाडीलाई कार उपहार दिने घोषणा पनि गरेको छ।

प्रकाशित: Nov 24, 2022| 14:42 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।