शनिबार, कात्तिक २९, २०८२

घानाविरुद्ध खेलेर डेब्यु गर्दै रोनाल्डोको टिम

रोनाल्डोले सन् २०१८ रसिया विश्वकपको पहिलो खेलमा बलियो टोली स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए। उनी यसपटकको विश्वकपमा पनि त्यसरी नै शानदार सुरुवात गर्न चाहन्छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

कतारमा जारी फिफा विश्वकपमा आज क्रिष्टियानो रोनाल्डोको टिमले ग्रुप 'एच' अन्तर्गत घानाविरुद्ध नेपाली समयअनुसार राति ९:४५ बजे रास अबोउ रंगशालामा खेल्दै विश्वकपको सुरुवात गर्दैछ। विश्व फुटबल इतिहासमा एउटा छाप छोडिसकेको नाम हो रोनाल्डो। ३८ वर्षे पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डो पोर्चुगलबाट सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्। उनले पोर्चुगलका लागि ११७ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। 

National life

रोनाल्डोले सन् २०१८ रसिया विश्वकपको पहिलो खेलमा बलियो टोली स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए। उनी यसपटकको विश्वकपमा पनि त्यसरी नै शानदार सुरुवात गर्न चाहन्छन्। पिरेस मोर्गानसँगको विवादास्पद अन्तर्वार्ता सार्वजनिक भएपछि उनको म्यानेचस्टर युनाइटेडसँग सम्बन्ध बिग्रएको थियो। त्यसैबीच क्लबको बोर्ड बैठक बसेर रोनाल्डोसँग सहमतिमै म्यानचेस्टर युनाइटेड छाडिसकेका छन्। उनी अहिले क्लबविहीन छन्।

क्लब नभएपछि रोनाल्डो अहिले विश्वकपमा होमिएका छन्। पोर्चुगिच मिडियासँग कुरा गर्दै उनले आफूलाई क्लबको कुनै समस्या नभएको र आफू विश्वकपका लागि मात्रै तयारी गरिरहेको बताएका छन्। उनले भने, ʽम अहिले पूर्ण रुपमा विश्वकपमा केन्द्रित छु। मलाई क्लबसँगको नराम्रो सम्बन्ध जस्ता विभिन्न कुराहरुले केही पनि फरक पार्दैन। हाम्रो टिम यसपटक तुलनात्मक रुपमा अघिल्ला वर्षहरु भन्दा फरक तथा मजबुद छ। हामी सबै विश्वकपलाई लिएर उत्साहित छौं। यसपटक पोर्चुगलले विश्वकपमा इतिहास कोर्नेछ।ʼ

रोनाल्डोले सन् २०१८ रसिया विश्वकपको पहिलो खेलमा बलियो टोली स्पेनविरुद्ध सनसनीपूर्ण ह्याट्रिक गरेका थिए। उनी यसपटकको विश्वकपमा पनि त्यसरी नै शानदार सुरुवात गर्न चाहन्छन्।

अघिल्लो संस्करणमा अन्तिम १६ बाटै घर फर्किएको पोर्चुगल यसपटक उत्कृष्ट खेलाडीका साथ उपाधि जित्ने लक्ष्यमा छ। पोर्चुगिच खेलाडीले युरोपियन फुटबलमा धेरै प्रभाव पारिरहेका छन्। पोर्चुगलको टिममा जाओ कान्सेलो, रुबियन डियास, डानिलो, ब्रुनो फर्नान्डेज, बर्नाल्डो सिल्भा, राफेल लियो, आन्द्रे सिल्भा, फ्लिक्स जस्ता युवा खेलाडीहरु छन्। उनीहरुले व्यावसायिक फुटबलमा खेलिरहेको लयलाई निरन्तरता दिन सक्ने हो भने पोर्चुगलले विश्वकपमा कैयौं समर्थकलाई उत्साहित बनाउन सक्छ। 

पोर्चुगलसँगै यो समूहमा उरुग्वे पनि छ। पोर्चुगल अघिल्लो विश्वकपको अन्तिम १६ मा उरुग्वेसँग पराजित हुँदै घर फर्किएको थियो। यसपटक समूह चरणमै भिड्न लागेका यी दुई टोलिबीच कडा प्रतिस्पर्धाको आकलन गरिएको छ। पोर्चुगल त्यो हारको बदला लिने लक्ष्यमा पनि हुनेछ।

Laxmi sunrise bank
kumari

उता अफ्रिकन टिम घाना पनि त्यति कमजोर छैन। फिफा वरीयतामा ६१ औं स्थानमा रहेको घाना तुलनात्मक रुपमा पोर्चुगलभन्दा कमजोर टिम हो। पोर्चुगलले फिफा वरीयताको ९औं स्थानमा रहेको छ। घाना पछिल्ला पाँच खेलमध्ये दुई खेलमा पराजित भएको छ भने तीन खेलमा विजयी भएको छ। पोर्चुगल र घानाबीच अहिलेसम्म विश्वकपमा एकपटकमात्र भेट भएको छ। यी दुई टोलीले सन् २०१४ विश्वकपको समूह चरणमा खेल्दा उक्त खेल पोर्चुगलले २-१ गोल अन्तरले जितेको थियो।           

पोर्चुगलको सम्भावित ११ 
डिएगो कोस्टा, जाओ कान्सेलो, पेपे, रुबेन डियास, राफेल गुरेइरा, बर्नार्डो शिल्भा, ब्रुनो फर्नान्डेज, माथ्युज नुनेज, आन्द्रे शिल्भा, क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स

घानाको सम्भावित ११
लवरेन्स एटी जिगी, बाबा रहमान, डानिएल अमार्टे, अलेजान्डर जिकु, जोसेफ अइडो, आन्द्रे आयु, थोमस पार्टे, मोहम्मद कुडुस, जोर्डन आयु, कमलदिन सुलेमाना, अब्दुल फतावु इशाहाकु








प्रकाशित: Nov 24, 2022| 17:54 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।