आइतबार, जेठ ३१, २०८३

रौतहट-४ मा लगातार दोस्रोपटक कांग्रेसका तिमिल्सिना विजयी

विजयी तिमिल्सिनाले ३४ हजार १ सय ६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमाले उद्धवप्रसाद रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए। उनीहरूबीचको मतान्तर ७ हजार ६ सय २ छ।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९
National life
Shivam cement

रौतहट- रौतहट-४ बाट प्रतिनिधि सभा सदस्यमा कांग्रेसका देवप्रसाद तिमिल्सिना निर्वाचित भएका छन्।

विजयी तिमिल्सिनाले ३४ हजार १ सय ६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमाले उद्धवप्रसाद रेग्मीले २६ हजार ५ सय ५९ मत प्राप्त गरेका थिए। उनीहरूबीचको मतान्तर ७ हजार ६ सय २ छ। 

तिमल्सेना लगातार दोस्रोपटक रौतहट-४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। ०७४ को चुनावमा पनि तिमल्सेना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। त्यसबेला तिमल्सेनाले २८ हजार ८२८ मत पाएर निर्वाचित हुँदा एमालेका वंशीधर मिश्रले २३ हजार ६ मत पाएका थिए। 

प्रकाशित: Nov 24, 2022| 14:12 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...