बिहीबार, भदौ ४, २०८३

काठमाडौं उपत्यकामा एक साता निषेध आदेश थपिँदै

कक्षा १२ को परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने विषयमा छलफल गरेर निर्क्योलमा पुगिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं- काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थपिने भएको छ। कम्तीमा एक साता निषेध आदेश थप गर्ने र त्यसको कडाइका साथ अनुगमन गर्ने तयारी प्रशासनले गरेको हो। 

यसबारे निर्णय गर्न आज काठमाडौं, ललितपुर र भक्पुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ। दिउँसो २ बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा डाकिएको बैठकले जारी निषेध आदेश केही परिमार्जनसहित थप्ने तयारी गरेको बताइएको छ। कक्षा १२ को  परीक्षासमेत स्थगित भइरहेका बेला अब फेरि केही क्षेत्रलाई सीमित गरेर अघि बढ्ने विषयमा छलफल गरेर निर्क्योलमा पुगिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। उनका अनुसार अब कम्तीमा पनि एक साता निषेध आदेश थप गरिने गृहकार्य छ।

यसअघि घोषित निषेध आदेश बुधबार मध्यराति सकिँदैछ। कोरोना महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिएपछि काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेध आदेश जारी गरिएको थियो। असार अन्तिम साताबाट बजार र सवारी सबै खोले पनि केही क्षेत्र बन्द गर्ने निर्णयसहित निषेध आदेशलाई निरन्तरता दिइएको थियो। केही दिनयता कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै फेरि निषेध आदेश कडा बनाउन लागिएको हो। 

उपत्यकामा सोमबारसम्को तथ्यांकअनुसार कोरोना संक्रमणबाट दुई हजार ९९२ जनाको निधन भएको छ। तीमध्ये काठमाडौंका १९८६, भक्तपुरका ३९७ र ललितपुरका ६०९ जना छन्। यस्तै तीनै जिल्लामा गरी सक्रिय संक्रमितको संख्या १० हजार ६९६ पुगेको छ। यसमध्ये सबैभन्दा बढी काठमाडौंमा ७५७५, भक्तपुरमा १३६५ र ललितपुमा १७५५ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Aug 10, 2021| 10:46 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।