शनिबार, कात्तिक २९, २०८२

जापानी समर्थकले रंगशाला सफाइ गरेर मनाए जितको उत्सव

जब खेल सकियो उनीहरु रंगशालाको सफाइ गर्न जुटे। उनीहरुले खेल सकिएको छोटो समय मात्र उत्सव मनाएर सरसफाइ गर्न लागेका थिए।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- विश्वकपमा जर्मनीलाई २–१ ले हराएको दिन जापानी समर्थकलाई राष्ट्रिय टिमले खुसी बाँडेको थियो। आफ्ना खेलाडीलाई हौसला दिनका लागि ठूलो संख्यामा जापानी समर्थक कतार पुगेका छन्। र, उनीहरुले जर्मनीविरुद्ध आफ्नो खेल हेरेका छन्।

National life

उनीहरुले जितको उत्सव मनाउँदै खेलभरी जापनाको समर्थन गरिरहे। जब खेल सकियो उनीहरु रंगशालाको सफाइ गर्न जुटे। उनीहरुले खेल सकिएको छोटो समय मात्र उत्सव मनाएर सरसफाइ गर्न लागेका थिए।

सफाइ सकेपछि उनीहरुले फेरि जितको उत्सव मनाए। जापानी समर्थकले संसारकै उत्कृष्ट फुटबल समर्थकको रुपमा आफूलाई स्थापित गरिरहेका छन्। पछिल्लो विश्वकपमा पनि उनीहरुले खेल हेरिसकेपछि रंशालाको सफाइ गरेका थिए।

विश्वमा हरेक रंगशालामा जब खेल सकिन्छ रंगशाला खाद्यपदार्थ बोकिएका प्याकेट, प्लास्टिक, कागज र क्यानले भरिएका हुन्छन्। मानिसहरु प्रसस्त खाजा खाँदै खेल हेर्न रुचाउँछन्। त्यसैले पनि खेल सकिएको रंगशाला धेरै नै फोहोर हुने गरेको छ।


Laxmi sunrise bank
kumari

रंगशालामा जहिलो सामूराई ब्यु खेलिरहेको हुन्छ त्यो रात उनीहरुले रंगशाला फोहोर छोड्दैनन्। उठाउँछन पनि। त्यसमाथि रंगशालामा २–१ को खुी खेलाडीले समर्थकलाई दिइसकेका थिए।

त्यो खुसी दिइसकेर खेलाडी फर्किरहँदा रमर्थक होहल्लाका बीचमा हुनुपर्ने हो। तर जापानी समर्थक शान्त भएर फोहोर उठाइरहेका थिए। उनीहरुले रसियाको विश्वकपमा पनि यस्तै मानवीय आचरण देखाएका थिए। यो विषयलाई विश्वका ठूलो मिडियाले हेडलाइन नै बनाए।

त्यो विश्वकपमा बेल्जियमसँग ३–२ को हारपछि पनि जापानी समर्थक शान्त भएर फोहोर टिपिरहेका थिए। जापानमा सबै स्वच्छ र सफा राख्ने परम्परा गरहेको छ। ठाउँलाई फोहोर नराख्ने उनीहरुको संस्कृति नै हो।

अघिल्लो विश्वकपमा जापानी  ओशाका विश्विद्यालयका समाजशास्त्री स्कट नोर्थले भनेका थिए, ‘जापानमा सफा गर्नुलाई गर्वका साथ लिने गरिन्छ।’

उनले अगाडि भनेका थिए, ‘फुटबल रंगशालाको सफाइ गर्नुपर्छ भनेर विद्यालयमा नै पढाइ हुने गरेको छ। त्यहाँ उनीहरुले आफ्नो कक्षाकोठा आफैं सफा गर्छन्।’ अब विश्वकपमा जापानले कोस्टारिकाको सामना गर्नेछ। गएरातिको खेलमा कोस्टारिकाले स्पेनसँग ७-० को हार बेहोरेको थियो।

प्रकाशित: Nov 24, 2022| 12:30 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।