शनिबार, वैशाख २२, २०८१

नेपालले दिल्लीमा आज पहिलो अभ्यास खेल खेल्दै

दिल्लीको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले अभ्यास खेल खेल्न लागेको हो।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज दिल्लीको डीडीसी टिमसँग एक अभ्यास खेल खेल्दैछ। दिल्लीको रणजी ट्रफी खेल्ने टिमसँग नेपालले अभ्यास खेल खेल्न लागेको हो।

triton college

टिम रणजी खेल्ने भए पनि खेलाडी भने नयाँ हुनेछन्। रणजी ट्रफी खेल्ने टिम अहिले व्यस्त भएको कारण सोहि टिमको सेकेन्ड टिमसँग नेपालले खेल्न लागेको हो।

नेपालमा यू १९ क्रिकेट सुरु भएपछि कीर्तिपुरको मैदानमा अभ्यास गर्न खेलाडी अभ्यास गर्न भारततर्फ लागेको हुन्। नेपाली टिममा मूख्य प्रशिक्षक मनोज प्रभाकरले नेपालमा खेल अभ्यासका लागि सबै सुविधा नभएको भन्दै नयाँ ठाउँमा अभ्यास गर्न जानुपर्ने बताएका थिए।

यससँगै नेपाली टिम अभ्यास गर्न दिल्ली पुगेको हो। दिल्लीमा नेपाली टिमले आज पहिलो र २६ तारिखमा दोस्रो खेल खेल्नेछ। बाँकी दिनमा सामान्य अभ्यास गर्ने क्यानले बताएको छ।

दिल्लीबाटै २७ तारिखमा नेपाली टिम इथियोपिया हुँदै नामिबियामा प्रस्थान गर्ने छ। नामिबियामा नेपालले लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्नेछ। लिग २ मा अहिले नेपाल कमजोर अवस्थामा रहेको छ।

corrent noodles
Metro Mart

नेपालको यो लिगमा शीर्ष दुईमा पुग्ने सम्भावना लगभग सकिएको मात्र होइन नेपाल पुछारबाट दोस्रो स्थानमा छ। लिग दुईमा नेपालले २० खेलबाट १७ अंक बनाएको छ। नेपालले आठ खेलमा जित निकालेको छ भने एक खेल टाई भइएको थियो।

४४ अंकका साथ ओमन तालिकाको शीर्षस्थानमा छ। उसले सिजनमा सबै ३६ खेल नै खेलिसकेको छ। स्कटल्यान्डको ४० अंक छ भने ३३ अंकका साथ अमेरिका तेस्रो स्थानमा छ।

लिग २ को तालिकामा नामिबिया चौथो र यूएई पाँचौ स्थानमा छ। नेपालभन्दा अघि रहेको यूएईले पनि नेपालसँग १० अंकको अग्रा बनाइसकेको छ।

त्यसैले नेपालले लगातार पाँच खेलमा जित निकाल्न सके मात्र एक स्थान सुधार गर्न सक्नेछ। आउँदो सिरिजमा नेपालले नामिबियासँग दुई र स्कटल्यान्डसँग दुई खेल खेल्नेछ।

प्रकाशित: Nov 24, 2022| 10:40 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।