मंगलबार, फागुन १९, २०८२

विश्वकपमा ब्राजिल : 'फुल अट्याक इज हाफ डिफेन्स'

यता, जसरी अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा साउदी अरेबियाले तोडिदिएको छ। त्यसरी नै ब्राजिलको ३३ खेलको अपराजित यात्रा पनि अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा तोडिदिएको थियो।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

काठमाडौं- अर्जेन्टिनाले विश्वकपको पहिलो खेलमै हार बेहोरेपछि पहिलो चरणमा सबैभन्दा प्रतिक्षित खेल नै ब्राजिलको हो। पहिलो चरणअन्तर्गत ब्राजिलले अन्तिम खेलमा मात्र प्रतिस्पर्धा गर्दैछ। त्यसैले यो खेललाई सबैले धेरै प्रतिक्षा गर्नु परेको हो।

यता, जसरी अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रा साउदी अरेबियाले तोडिदिएको छ। त्यसरी नै ब्राजिलको ३३ खेलको अपराजित यात्रा पनि अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा तोडिदिएको थियो।

अहिले अवस्था फरक छ। कतार विश्वकपमा आफ्नो छैटौं पटक उपाधि जित्न छनोट गरिएको टिम लिएर कतार आइपुगेको धेरैले दाबी गरेका छन्। तर गल्फमा भइरहेको विश्वकपमा एसियाली पावर हाउसले आफ्नो शक्ति देखाइरहँदा ब्रजिलले आज राति सर्बियासँग कुन ढंगमा खेल्छ भन्ने महत्वपूर्ण छ।

ब्राजिलको फुटबल शैली साम्बा पूर्ण रुपमा विस्थापन भइसकेको अवस्थामा प्रशिक्षक टिटेले ब्रजिलको टिमलाई नयाँ रणनीतिसाथ मैदानमा उतार्दै छन्। पछिल्ला जितको शृंखलाहरुबाट ब्राजिलले फिफा वरियताको शीर्षस्थान हात परेको छ। त्यहि वरियताको तालिकामा सर्बिया भने २१ औं स्थानमा छ। र, ब्राजिलले आज राति १२:४५ सामना गर्ने टिम त्यहि २० स्थान पछिको नै हो।

अहिले नेयमार, भिनिसियस जुनियर, ग्याब्रियल जिसस, रिचार्लिसन, फाबिन्हो, कासमेरो, ड्यानीअल्बेस, एलिसनजस्ता खेलाडीका साथमा ब्राजिलको सन्तुलित टिम विश्व कप जित्नका लागि आएको हो। त्यसैले पनि समूह चरणको पहिलो खेलमा दमदार खेल देखाउन दबाब रहनेछ। 

kumari

‘उपाधि नजितेको दुई दशक बितिसकेको छ। अहिले उत्कृष्ट खेलाडीको साथमा विश्वविजेता बन्ने पालो हाम्रै हो,’ विश्वकपको लागि कतार उड्नुअघि प्रशिक्षक टिटेले भनेका छन्, ‘हामी विश्वकपका लागि पूर्ण रुपमा तयार छौं। मेरो टिमबाट धेरै अपेक्षागरिरहेको छु।’

तर गएरातिको खेलमा जापानले जर्मनीलाई हराएपछि विश्वकपको महोल नै फेरिएको छ। अब कमजोर मानिएका देशहरु पनि कमजोर छैनन भन्ने सावित भएको छ। जापनाले दोस्रो हाफमा दुई गोल फर्काएर जर्मनीलाई २–१ ले हराएको थियो। त्यसैले हरेक बलिया टिमलाई एसियाको यो विश्वकप चुनौतिमा छ।

सर्बियालाई भने यो वर्ष विश्वकपको उपाधि दाबेदार मानिएको छैन। उसले विश्वकपको पहिलो खेल पनि खेलेको छैन। त्यसैले जसरी जापना र साउदी अरेबियाले अप्रत्यासित नतिजा दिएका छन्। त्यसैले सर्बियाले ब्राजिलियन फ्यानलाई निराश बनाउने त होइन?

यद्यपी अनुभवी डिफेन्डरहरु र युवा अनि आक्रामक फरवार्ड लाइन लिएर विश्वकपमा होमिएको टिटेले यो वर्ष उपाधिको आशा गरेका छन्। र, उनले आफ्नो लयलाई सुरुबाटै कायम राख्न कोसिस गर्नेछन्।

यो वर्ष ब्रजिलले अग्रपंतिमा खेल्ने धेरै खेलाडीलाई टिममा स्थान दिएको छ। टिटेले सार्वजनिक गरेको टिममा नौ जना त फरवार्ड मात्र छन्। फुटबलमा एउटा भनाई पनि छ ‘फुल अट्याक इज हाफ डिफेन्स’। ब्रजिलले यहि शैली फलो गरेको हुनुपर्छ। नभए डिफेन्डर र मिडफिल्डरका अन्य विकल्प हुँदाहुँदै सात जना डिफेन्डरलाई टिममा रोजेका छन्।

अनि चार वा पाँच जनाको फरावर्डको स्थानमा उनले नौ जना राखेका छन्। यो वर्ष ब्राजिलले कस्तो खेल्ला सबैको चासोको विषय बनेको छ।

ब्राजिल समूह 'जी'मा रहेको छ। उसले आज राति सर्बियासँग खेल्दा क्यामरुनले चाहिँ स्विट्जरल्यान्डको सामना गर्नेछ। ब्राजिल र सर्बियाको खेल राति पौने १ बजे हुनेछ भने क्यामरुन र स्विट्जरल्यान्डको खेल दिउँसो ३:४५ बजे हुनेछ।

प्रकाशित: Nov 24, 2022| 09:50 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।