आइतबार, जेठ ३१, २०८३

महेश बस्नेतलाई हराउँदै दुर्लभ थापा निर्वाचित

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन्।
 |  बिहीबार, मंसिर ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ८, २०७९

भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन्। बिहीबार बिहान सकिएको मतगणना अनुसार थापा २४ हजार २३८ मत ल्याएर विजयी भएका हुन्।

National life

थापाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २३ हजार २७५ मत ल्याएका छन्। थापाले बस्नेतलाई ९६३ मतले हराएका हुन्। यो क्षेत्रमा सुरुदेखि नै थापाले लिड गरिरहेका थिए। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्।

नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन्।

सो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो। २ हजार ५१ मत भने बदर भयो।

प्रकाशित: Nov 24, 2022| 05:45 बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...