नेकपा माओवादी केन्द्रका महासचिव देव गुरूङ पराजित भएका छन्। उनलाई नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरूङले लमजुङमा पराजित गरेका हुन्।
देवले ३१ हजार ७ सय ८१ मत प्राप्त गरे भने विजयी भएका पृथ्वीसुब्बाले ३४ हजार ९ सय ६९ मत प्राप्त गरे।
गत भदौमा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले पदाधिकारी चयन गर्दा प्रचण्डले देव गुरूङलाई महासचिव बनाएका थिए। माओवादी केन्द्रबाट महासचिवका आकांक्षी वर्षमान पुन र जनार्दन शर्मालाई पन्छाएर प्रचण्डले गुरूङलाई महासचिव बनाएका थिए।
संसदमा सबभन्दा धेरै अमेरिकी सहयोग परियोजनाको विरोध गरेका देव गुरूङले प्रचण्डकै निर्देशनमा एमसिसी परियोजना पास गर्न संसदमा भूमिका खेलका थिए। फलस्वरूप उनलाई प्रचण्डले महासचिव बनाएका थिए।